Tuesday, June 9, 2015


प्रेमनारायण आचार्य
   अर्घाखाँची २६  जेठ । रोजगारीको लागि कतार गएका युबाहरुले अर्घाखाँचीका भुकम्प पिडीतहरुलाई राहात बितरण गरेका छन ।


अर्घाखाँचीबाट रोजगारीकोलािग कतार गएका जिल्लाबासीहरुको साझा संगठन अर्घाखाँची सेवा समाज दोहा कतारले भगबती गाविसका ९ घरपरिबारलाई राहात बितरण गरेको हो ।

भगबती गाविसका ३ घरपरिबारलाई १० पाताका दरले जस्ता पात, ५ घरपरिबारलाई ५ हजारका दरले नगद र एक घरपरिबारलाई ३० केजी चामल राहात स्वरुप प्रदान गरेको अर्घाखाँची सेवा समाज दोहा कतारका अध्यक्ष युबराज पाण्डेले बताउनु भयो ।


  अर्घाखाँचीबाट कतारमा गएका युबायुबतीको सानो सहयोगले पनि भुक्मप पिडीतको घाँउमा मलाम लगाउन सकिने र थोरै थोरै राहात सहायोले पनि पिडीतको घाउमा मलामपटी लगाउने हेतुले राहात बितरण गरिएको   अर्घाखाँची सेवा समाज दोहा कतारका पुर्ब कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।


  जिल्लाका अन्य स्थानमा पनि भुकम्प पिडीतको लागि राहात वितरण गरिने र राहात नपाएका र सहयागे गर्नु पर्ने खालका परिवार भए जानकारी दिनकालागि पनि अर्घाखाँची सेवा समाज दोहा कतारका अध्यक्ष  पाण्डेले बताएका छन ।

कार्यक्रममा अर्घाखाँची सेवा समाज दोहा कतारका अध्यक्ष युबराज पाण्डे, सरस्वती उच्च माबीका प्रधनाध्यापक ठाकुर प्रसाद पाण्डे, स्थानीयस अगुवाहरु ठाकुर प्रसाद मरासिनी, भोलानाथ पाण्डे,हरिप्साद पाण्डे, लक्ष्मण मरासिनी,नारायण प्रसाद पाण्डे,मनिराम पाण्डे, मणिराम पाण्डे, सेवा समाज दोहा कतारका पुर्ब कोषाध्यक्ष राजकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।


0 comments:

Post a Comment