Thursday, June 4, 2015


प्रेमनारायण आचार्य

  अर्घाखाँची २१ जेठ । ६ महिना देखि बिज्ञान बिषयको शिक्षक नहुदा आफुहरुको पढाई प्रभावित भएको भन्दै गौरा माबी ठाडा रजीयाका बिद्यार्थीले बिद्यालयमा तालाबन्दी गरेका छन ।

    बिगत ६ महिना देखि निमाबी तथा माबी तह दुबैमा बिज्ञान बिषयको शिक्षक नहुदा पनि शिक्षक नियुक्ति हुन नसक्दा आफुहरुको पढाइ प्रभावित भएको भन्दै गएको आइतबार देखि बिद्यार्थीले तालाबन्दी गरेका हुन । बिद्यार्थीको तालाबन्दीले बिद्यालयमा पठनपाठन ठप्प भएको छ ।

 हिज मंगलबार सम्म ९ र १० कक्षाको पढाई मात्र बन्द गरेका बिद्यार्थीले हिज बुधबार देखि बिद्यालयका सबै कक्षा ठप्प पारेर आन्दोलीत भएको स्थानीय बासिन्दाले बताएका छन ।

   निमाबी तहको बिज्ञान बिषयको शिक्षक सरुवामा बिाबाद भएको र माबीको बिज्ञान राहात दरबन्दीको परीक्षा हुन नसक्दा शिक्षक नभएको भन्ने गुनासो आएको र तत्काल शिक्षक नियुक्तिकालागि प्रकृया अगाडी बढाउन प्रधनाध्यापक र ब्यबस्थापन समितिलाई आग्रह गरेको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले बताए ।निमाबीको सरुवा नमिले नया परीक्षा गराउन र माबी बिज्ञान राहात दरबन्दीको पनि तत्काल परीक्षा गराएर पढाइ सुचारुकालागि निर्देसन दिएको जिशिअ धामीको भनाइ छ ।

  निमाबीको शिक्षक सरुवा र माबीको नँया शिक्षकमा बिबाद बढेपछि ६ महिना देखि पढाइ हुन नसकेको हो । ६ महिना सम्म शिक्षक नहुदा पनि शिक्षक नियुक्तिमा कसैले पहल नगरेको स्थानीय बासीको भनाइ छ ।

0 comments:

Post a Comment