Tuesday, May 12, 2015

मंगलबार आएको शक्तिशाली भूकम्पले काठमाडौंसहित आसपासका जिल्लामा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । १ हजार बढी घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार १ हजार १ सय १७ जना घाइते भएका छन् । सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । दोलखामा १३ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो ।
रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ । onlinekhabar.com bata

0 comments:

Post a Comment