अर्घाखाँचीको सितापुर गाविस वडानं ८ धारा टोलमा रहेको पवित्रा ईलेक्ट्रोनिक्स पसलमा गएराती आगो लागि हुदा झन्डै १० लाख बराबरको क्षति भएको छ ।
पसलमा भएका ल्यापटप, मोबाईल सेट, टिभी, डिक्सहोम र विद्युुतीय सामाग्री पुर्णरुपमा जलेर नष्ट हुदा करिब १० लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यलय ठाडाले बताएको छ ।
पसल बन्द गरी डेरामा गएका बेला विद्युत सर्ट भएर पसलमा लागेको आगो करीब ३ घण्टापछी स्थानिय बासीन्दाले थाहा पाएर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
0 comments:
Post a Comment