प्रेमनारायण आचार्य
अर्घाखाँची १२ जेठ । काठमाण्डौका बिभिन्न स्थानमा पानी आउन छाडेका ढुंगेधारमा पानी आएको बताइरहेको समयमा भुकम्पले अर्घाखाँचीमा एक राष्ट्रिय योजनाको खानेपानीको मुहान सुकेको छ ।
१२ गते गएको बिनासकारी भुकम्पबाट अर्घाखाँचीको ढाकाबांग गाविसमा ३० बर्ष देखि ७ सय १५ घरधुरीले उपयोग गर्दै आएको खानेपानीको मुहान सुकेको खानेपानी उपभोक्ता समितिका सचिब नारायण खनालले बताए ।
ढाकाबांग गाविसका ८ वटै वाडका झण्डै सात सय १५ घरधुरी,५ सरकारी बिद्यालय र एक बोणिंग स्कुललाइ पुग्ने खानेपानी आउने गरेकोमा पानी एक्कासी आउन छाडे पछि स्थानीय बासिन्दा आश्चर्यचकित भएका छन ।
सुरुमा पानी नआएपछि देबी देबताको कारण पानी नआएको भन्ने सोचेर पुजापाठ गर्ने, पाठो चढाउने समेत गरेका स्थानीय बासिन्दाले केहि दिन पछि मात्र थाहापाएकी भुकम्पका कारण पानीको मुहान सुकेको रहेछ भन्ने ।
गोखुंगा गाविसको सेपानीमा रहेको मुहानबाट ढाकाबांग गाविसमा खानेपानी पुराउनकालागि ५ बर्ष लागेको थियो । २०३८ सालमा सुरुवात भएको योजना २०४२ सालमा सम्पन्न भएपछि ढाकाबांग गाविसका स्थानीय बासिन्दाले ३० बर्ष देखि खानेपानीको उपभोग गर्दै आएका थिए ।
वाडका ८२ धारामा पानी आउने मुहान सुकेर पानी आउन छाडेपछि अहिले ढाकाबांगका स्थानीयबासिन्दाले पधेरो र खोलाको पानी खान बाध्य भएका छन । जिल्ला खानेपानी सरसफाइ कार्यलयको टोलीले पनि सुकेको पानीको मुहानको निरिक्षण गरेर फर्किएको छ । पानीको मुहानमा पानी सुकेको र उपभोक्ताहरुमा खानेपानीको समस्या देखिएको निरिक्षणमा गएकी प्राबिधिक तारा केसीको भनाइ छ ।
ढाकाबांग गाविसका स्थानीयबासिन्दा अहिले कल्पनै नगरेको पानीको मुहान सुकेपछि अचम्मीत भएका छन ।
0 comments:
Post a Comment