सभासद् एवं कांग्रेस नेता गगन थापाको अगुवाईमा नुवाकोटको कुमरी गाउँमा
४८ घर निर्माण गरिएको छ । कालिगढ, ईन्जिनियरसहित ९० जनाको टोलीले गरेको २
दिनको श्रमदानमा यि घर निर्माण गरिएका हुन् ।
टोलीमा काठमाडौं चुनिखेलका १० जना कालिगढ, थापाथली ईन्जिनियरिङ कलेजसहित विभिन्न कलेजका ईन्जिनियर विद्यार्थीहरु थिए । घर निर्माणको लागि आवश्यक जस्तापाता, बाँसलगायत सामग्री आफूसहित कांग्रेस कार्यकर्ताबाट जुटाएको थापाले बताए ।
‘आवश्यक काठ स्थानीय परिवारले नै खोज्नुभएको थियो’, थापाले भने,‘प्राविधिकसहितको टोली भएकाले काम गर्न सजिलो भयो ।’
सरकारले भूकम्प पीडितको अस्थायी आवासको लागि दुई नाले र ढुंग्रे बाँस घरको नमुना सार्वजनिक गरेपनि कुमरी गाउँका कसैले पनि ढुंग्रे बाँस घर बनाउन नचाहेको थापाले बताए । ‘दुई नाले घर बनाउँदा स्रामग्री र श्रम दुवै बढी लाग्ने रहेछ’, थापाले भने,‘सामग्री र स्रोत साधन भएको ठाउँमा २ नाले घर उपयुक्त भए पनि सीमित स्रोत साधन भएको ठाउँमा १ नाले घर उपयुक्त हुन्छ ।’
उनले अधिकांश गाउँका युवा रोजगारीका लागि विदेशिएकाले जनशक्तिको अभाव भएको अनुभव बताए । उनले नुवाकोटको यो गाउँपछि धादिङसहितका अन्य जिल्लाहरु जाने योजनामा रहेको बताए । ekantipur.com

0 comments:
Post a Comment