प्रेमनारायण आचार्य
अर्घाखाँची ५ जेठ । अर्घाखाँचीको ठुलापोखरा गाविसमा आज साझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन ।
खज्र्यांगबाट ठुलापोखरा गाविसमा बालुबा ल्याउदै गरेको लु २ त ८४४१ नम्बरको ट्याक्टर ठुलापोखराको मालेमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कपिलबस्तु गोरुसिगे घर भएका ट्याक्टर चालक अन्दाजी ३८ बर्षिय सेरु चैधरीको मृत्यु भएको छ । घटनामा अर्घाखाँची ठुलापोखराका प्रेम थापा, राजु डम्बर पाल , तिरी थापा, र भुपाल सोमै गम्भीर घाइते भएका छन ।
घाइते चारै जनालाई ठुलापोखरा स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारकालागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइदै छ । ट्याक्टर सडकबाट तल खस्दा सडक तल रहेका दुइ गोठ पनि भत्किएको ठुलापोखराबाट नविन पौडेलले बताएका छन । .

0 comments:
Post a Comment