Monday, May 18, 2015


प्रेमनारायण आचार्य
   अर्घाखाँची ४ जेठ । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले  भुकम्प पीडितको घरमै गएर राहात सामाग्री प्रदान गरेको छ ।
     गत वैशाख १२ गते गएको शक्तिशाली महाभुकम्प र २९ गते मंगलवार गएको पराकम्पका कारण घरवार विहिन भएका अर्घाखाँचीको पुर्बी भेगका भगबती, ठुलापोखरा र छत्रगञ्ज गाविसका २१ घरपरिबारलाई राहात सामाग्री प्रदान गरेको  रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष शम्भु पोख्रेलले बताए  ।
भगबती गाविसका १० घर, ठुलापोखरा गाविसका ६ घर, र छत्रगञ्ज गाविसका ५ घर परिबारलाई  त्रिपाल, खाद्यान्न,लत्ताकपडा र भाडाकुडा सहयोग गरेको रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष  पोख्रेलले बताए ।
 रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष शम्भु पोख्रेल,  चन्द्रप्रसाद बन्जाडे, केलासकुमार श्रेष्ठ , ठाकुर अधिकारी लगायतको टोलीले पिडीतको घरघरमा पुगेर राहात सामाग्री प्रदान गरेको थियो ।
Categories:

0 comments:

Post a Comment