भूकम्पमा फसेकाहरुको उद्धार गर्ने क्रममा
सशस्त्र प्रहरीले फेरि अर्को सफलता हात पारेको छ । सशस्त्र प्रहरीको उद्धार
टोलीले आइतबार सिन्धुपाल्चोक स्याउलीका तीनजनाको जीवितै उद्धार गरेर आफ्नो
बहादुरी प्रदर्शन गरेको हो ।
स्यालीका ३५ वर्षका ज्ञानकुमार खत्री, २६
वर्षका कञ्चन खत्री र ६० वर्षिया धनकुमारी खत्रीको जीवितै उद्धार गरिएको
सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिपसिंह
कार्कीको टोलीले उनीहरुको ९ दिनपछि उद्धार गरेको हो । यसअघि पनि सशस्त्र
प्रहरीले काठमाडौंमा केहीको जीवितै उद्धार गरेको थियो ।
0 comments:
Post a Comment