Wednesday, June 3, 2015


  प्रेमनारायण आचार्य
  अर्घाखाँची २० जेठ । स्थानीय शान्ती समिति अर्घाखाँचीको आयोजनामा जिल्लाका शहिद  तथा बेपत्ता परिबारका एक सय १५ जनालाई आज सन्धिखर्कमा सम्मान तथा अभिनन्दन गरिएको छ ।

 १० बर्षे द्धन्द्धको समयमा तत्कालिन  राज्य पक्ष र बिद्रोही पक्षबाट  मारिएका शहिद परिबार ,र बेपत्ता पारिएका जिल्लाका एक सय १५ जना को परिबारलाइ सम्मान तथा अभिनन्दन गरिएको छ । शहिद परिबार ,र बेपत्ता पारिएका एक सय १५ जना को परिबारलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
     सम्मान तथा अभिनन्दन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जिल्ला उपसचिब प्रेमनारायण गैरे, एमाओबादीका केन्द्रिय सल्लाहकार राजु नेपाली, राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का, शहिद परिबारका बिष्णु क्षेत्री, सिद्धिप्रसाद भुसाल, स्थानीय शान्ती समितिका पुर्ब संयोजक रामजी घिमिरे लगायतले मन्तब्य राखेका थिए ।
  कार्यक्रम स्थानीय शान्ती समितिका संयोजक ठाकुर कुमार बिकको सभापतित्व र सदस्य झबिलाल थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

0 comments:

Post a Comment