प्रेमनारायण आचार्य
अर्घाखाँची २५ जेठ । सन्धिखर्कको टुडीखेलमा आज देखि अर्घाखाँची पाणिनि धार्मिक महोत्सब सुरु भएको छ ।
अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा रहेको पाणिनि बहुमुखी कयामपसको भौतीक संरचना र शैक्षिक गुणस्तर बृद्धिका लागि सहयोग जुटाउने उदेश्यले सञ्चालन गरिएको महोत्सब जेठ ३२ गते सम्म चल्ने छ ।
महोत्सबको बैदीक बिधि पुर्कक पञ्चकन्याले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका छन । उद्घाटन अघि १० बजे पञ्चेबाजा र झाकी सहितको ५१ सय कलशको कलश यात्रा निकालिएको थियो । कलस यात्राले सन्धिखर्क र चुत्राबेसी बजारको परिक्रमा गरेको थियो ।
महोत्सबमा अन्तराष्टिय कथाबाचक गोबिन्द शरण महाराजले कथा बाचन गर्नु हुने छ । संगीतमय श्रीमद् भागबत कथाबाचन गरिने महोत्सबमा योग बिज्ञान शिबीर , कथा तथा प्रबचन श्रबण सहित सबै प्रकारका पुजापाठहरु बैदिक बिधिपुर्बक गरिने र संकलित रकम क्याम्पसको भौतिक संरचना निर्माणको लागि खर्च गरिने महोत्सब मुल आयोजक समारोह समितिका संयोजक कमल प्रसाद भुसालले बताउनु भयो ।
कलश यात्रामा प्रयोग गरिएका ५१ सय कलशको बैदीक बिधि पुर्बक पुजा अर्चना गरेर भक्तजनलाई बितरण गरिने कार्यक्र रहेको छ । त्यस्तै हजार शालिकराम भगबानको पुजा अर्चना सहित महायज्ञमा रुद्री चण्डी, ब्रतबन्ध, तुलादान, धानाञ्चल पर्बत, गौदान । लक्षय बत्ती प्रज्वलन सहितका बिभिन्न पुजाआजा समेत गर्न सकिने आयोजकले बताएको छ ।
बिहानमा योग शिबीर, पुजापाठ, दिउसो कथा बाचन तथा प्रबचन सहित भजन कृतन, साझ प्रसाद बितरण र पछि पुन भजनकृतनको कार्यक्रम राखिएको आउोजक सस्थाले जनाएको छ ।
0 comments:
Post a Comment