प्रेमनारायण आचार्य
अर्घाखाँची २३ जेठ । अर्घाखाँची जिल्लालाई नेपालकै आठौ जिल्लाको रुपमा कार्यक्रमका बिच साक्षर जिल्ला घोषणा गरिएको छ ।
सभ्य र सक्षम नागरिक हाम्रो अभियान साक्षर अर्घाखाँची हाम्रो पहिचान भन्ने नाराका साथ जिल्लामा लक्षित समुह १५ देखि ६० बर्ष उमेरका ९७.५४ प्रतिशतले अंक र अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भए पछि सन्धिखर्कको शान्ती बगैचामा एक भब्य कार्यक्रमका बिच पुर्ण साक्षर जिल्ला घोषणा गष्रएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै एमाओबादीका नेता रायमाझिले राष्ट्रिय सहमतीको सरकार गठनकालागि छलफल चलेपनि कुन पाटी र कुन नेताको नेतृत्वमा सरकार बन्ने बिषयमा छलफलनै नचलेको बताउनु भयो ।
कार्यक्रममा अनौपचारीक शिक्षा केन्द्रका महा निर्देसक बाबुराम पौडेल, क्षेत्रीय निर्देशक बैकुण्ठ प्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला,एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, राजमोका सागर केसी, राप्रपका अम्मरबहादुर थापा, जनमुक्ति पाटीका टोपबहादुर बलााल,परिबार दलका डिल्लीराज भुसाल, नेपाल शिक्षक महासंघका केन्द्रिय उपाधयक्ष हरिप्रसाद भुसाल, जनज्योती उमाबीका प्राचार्यदिनानाथ आचार्य, सामुदायीक अध्यन केन्द्रको तर्फबाट माधब प्रसाद पौडेल,अभियानकर्मि साबित्रा बिक लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले जिल्लाको प्रतिबेदन बाचन गर्नु भएको थियो । कार्यक्रम स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षता, नरेन्द्र बेल्बासेको स्वागत र माधब बन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो ।


0 comments:
Post a Comment