Thursday, April 30, 2015

ठूला भूकम्पमा पनि पशुपतिनाथ जस्ताको तस्तै
एजेन्सी : शनिबार गएको महाभूकम्पले काठमाडौंसहित करिब आधा नेपाल क्षतविक्षत बनायो । पाँच हजार बढी मानिसले ज्यान गुमाए । १० हजार बढी मानिस घाइते भए । लाखौं मानिस घरबार गुमाउन बाध्य भए ।
शनिबार भूकम्पको झट्काले काठमाडौं र पशुपति मन्दिर आसपासमा वितण्डा मच्चाइरहँदा पशुपतिनाथको मन्दिर भने जस्ताको तस्तै खडा थियो । जुन बेला काठमाडौंमा भूकम्पले ताण्डब मच्चायो, सो समयमा पशुपतिनाथ मन्दिर परिसरमा सयौं भक्तजन दर्शन गरिरहेका थिए ।
पशुपतिनाथ परिसरमा रहेका भक्तजनले काठमाडौंको धर्ति काँपिरहँदा भोलेनाथले आफूहरुलार्इ नयाँ जिन्दगी दिएको प्रतिक्रिया दिएका छन् ।भूकम्पबाट पशुपतिनाथ जोगिएको यो पहिलो पटक होइन । वि.स‌. १९९० सालमा गएको ८.३ म्याग्निच्यूटको भूकम्प जाँदा पनि पशुपतिनाथको मन्दिरमा कुनै असर परेन ।
त्‍यसभन्दा अघि आएका करिब ४ वटा ठूला भूकम्पले पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति गर्न सकेन । वि.सं‌. १९९० सालको भूकम्पले धरहरासहितका काठमाडौंका अधिकांश मठमन्दिर ढलेका थिए ।  तर त्यसबेला पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति पुगेन ।

भूकम्पले काठमाडौंका देवीदेवताका सयौं मन्दिर र संरचना ध्वस्त भए । तर,  काठमाडौंकै पशुपतिनाथको मन्दिरमा भूकम्पले अलिकति पनि क्षति पुर्याउन सकेन ।
भूकम्पले सुन्धाराको नौतले धरहरा पनि माटोमा मिल्यो । बसन्पुरमा रहेका काष्ठमण्डप, माजुदेवल, जोशीदेवल, कृष्ण मन्दिर, शिव मन्दिर, तलेजु भवानीको मन्दिर, पाटनका मन्दिर र साँखुका सबै मठमन्दिर ध्वस्त हुँदा पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति भएन ।
भगवान पशुपतिनाथको मन्दिरमा सानो क्षति पनि नपुगेको देखेर धेरै मानिस आश्चर्यमा परेका छन् । यसअघि सन् २०१३ मा भारतको उत्तराखण्डमा आएको भीषण बाढी पहिरोमा केदरनाथको मन्दिरलार्इ क्षति नपुर्याएजस्तै यो पटक पशुपतिनाथको मन्दिर पनि त्यसैगरी जोगिएको छ ।
जुन २०१३ मा आएको प्रलयकारी बाढी पहिरोले भारतको उत्तराखण्डस्थित केदारनाथ आसपासको क्षेत्र सबै ध्वस्त भयो । तर, मन्दिरमा कुनै क्षति पुगेन ।
यो पटकको भूकम्पमा पशुपतिनाथसँग भएको यस्तै अद्भुत संयोगबारे सोच्न बाध्य पारेको छ । यी दुबै मन्दिरले यति ठूलो प्राकृतिक विपत्ति कसरी झेल्न सके ? यो प्रश्नको उत्तरको खोजीमा विज्ञहरुसमेत लागेका छन् ।  ७.९ म्याग्निच्यूटको भूकम्ले धरहरा र अन्य दरबारसहितका ऐतिहासिक महत्वका सं‌रचना ध्वस्त बनायो । पशुपतिनाथको मन्दिरमा भने कुनै क्षति नपुग्दा यसलार्इ कतिपयले चमत्कारकै रुपमा  लिइरहेका छ्न् ।
काठमाडौंकै सबैभन्दा पुरानो मानिने पाँचौ‌ शताब्दीको पशुपतिनाथ मन्दिर भूकम्पपछि पनि ज‍स्ताको तस्तै खडा छ । भूकम्पपछि यो मन्दिरको पटक पटक निरीक्षण गर्दा यसमा कुनै क्षति नभएको पाइयो ।
आसपासका संरचना भूकम्प र पहिरोले क्षतविक्षत पार्दा यी दुर्इ मन्दिर कसरी जोगिए होलान् ? सबैको जिज्ञासाको विषय बनेको छ । सबैभन्दा पहिले काठमाडौंको पशुपतिनाथको चर्चा गरौं ।
पशुपतिनाथको मन्दिरको गर्भगृह करिब एक मिटर अग्लो पर्खालमाथि बनाइएको छ । मन्दिरको चार सुरको अधिकतम भागको निर्माणमा काठको प्रयोग गरिएको छ । पशुपतिनाथमा चारवटा ढोका रहेका छन् ।
पशुपतिनाथको मन्दिर प्रतस्थापित गरिएको ठाउँमा चुम्बकीय तरंग धेरै घना रहेको छ। शिवलिङ्ग यस्तो स्थानमा राखिएको छ, जहाँ चुम्बकीय तरङ्गको न्यूक्लियर सेन्टर रहेको विज्ञहरुको भनाइ छ ।
पशुपतिनाथको गजुरको केन्द्र शिवलिङ्गको केन्द्रको सिधामाथि पर्ने गरी स्थापित गरिएको छ । यीनै कारणले भूकम्पको असर धेरै कम हुने गरेको छ ।
मन्दिरको मिलेको चौकोस, हलुंगो छत, काठबाट जोडिएको खम्बा र बलियो जोडार्इका कारण यो मन्दिरलार्इ भूकम्पले केही गर्न नसकेको अर्को तर्क छ ।
मन्दिरको बाहिरी स्वरुप प्राकृतिक विपत्तिले कयौं पटक क्षति गरेपनि यसको गर्भगृह पौराणिक कालदेखि आजसम्म सम्पूर्णरुपमा सुरक्षित रहेको छ ।

यस्तो छ पशुपतिनाथको गर्भगृह
ज्योतिर्लिङ्ग केदारनाथको किम्बदन्ती अनुसार पाण्डवको स्वर्गप्रयाणका क्रममा भगवान शंकरले पाण्डवहरुलार्इ भैंसीको रुप धारण गरेर दर्शन दिएका थिए । त्यसपछि भगवान शं‌कर धर्तिमा समाहित भएका थिए ।
त्यसक्रममा भीमले उनको पुच्छर पक्रन पुगे । जुन स्थानमा धर्तीबाहिर उनको पुच्छर अड्कियो, सो स्थान केदारनाथका रुपमा कहलियो । अर्कातिर जहाँ धर्तिबाहिर उनको मुख प्रकट भयो, त्यो स्थान पशुपतिनाथका नाममा कहलियो । यो कथाको पुष्टि स्कन्दपुराणले पनि गरेको छ ।
पशुपतिनाथको गर्भगृहमा एक मिटर अग्लो चारमुखी शिव लिङ्ग स्थापित गरिएको छ । शिवलिङ्गको प्रत्येक मुखाकृतिको दायाँ हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु बोकिएको छ ।

प्रत्येक मुखले अलग-अलग गुण देखाउँछन् । पहिलो दक्षिण मुखलार्इ अघोर भनिन्छ । दोस्रो पूर्व मुखलार्इ तत्पुरुष भनिन्छ । तेस्रो उत्तर मुखलार्इ अर्धनारिश्वर वा वामदेव भनिन्छ । चौथो पश्चिमी मुखलार्इ साध्योजटाले पुकारिन्छ । माथिल्लो भागको निराकार मुखलार्इ ईशान भनिन्छ ।
मान्यतानुसार पशुपतिनाथ चतुर्मुखी शिवलिङ्गलार्इ चारधाम र चार वेदको प्रतिक मानिन्छ । यहाँ भैंसीको रुप धारण गरेका भगवान शिवको शिरभाग रहेको छ । जसको पुच्छरको भाग भारतको उत्तराखण्डस्थित केदारनाथ मन्दिरमा रहेका छन् ।
काठमाडौंको बागमती नदी किनारमा अवस्थित  शुपतिनाथको मन्दिर सनातनधर्मका आठ सर्वाधिक पवित्र स्थलमध्ये एक रहेको छ । नेपाल र भारतका हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ कति धेरै आस्था राख्छन् भन्ने कुराको यहाँ चर्चा गर्नै पर्दैन ।
भूकम्प गएकै दिन पनि धेरै भक्तजन पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । अहिले पनि पशुपतिको दर्शन गर्न जाने भक्तजन उत्तिकै छन् ।भूकम्प पीडित नेपालीहरु शक्ति र आशिष माग्दै पशुपतिनाथमा पुग्ने क्रम रोकिएको छैन ।
 www.annapurnapost.com bata
बिनासकारी भुकम्पबाट अर्घाखाँचीका २ जनाको काठमाण्डौ र सिन्धुपाल्चोकमा ज्यान गएको समाचार आएको छ । ज्यान गुमाउनेमा सन्धिखर्क नगरपालीका १ की माया केसी र सन्धिखर्क नगरपालीका १३ की सृजना भुसाल रहेका छन । केसीको काठमाण्डौ र भुसालको सिन्धुपाल्चोकमा ज्यान गएको हो । घाइते र अन्यको बिबरण आउन सकेको छैन ।

Wednesday, April 29, 2015

नेपालमा शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएको ३ दिनपछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्धार टोलीले गोंगबुबाट ऋषि खनाललाई जिवितै उद्धार गरेको थियो। उद्दार पछि खनालले आफू बाँच्नका लागि पिशाव खाएको बताएका छन्।

उनले भने, ‘वरिपरी शव थिए, बाँच्नका लागि आफ्नै पिशाव पिएँ।’ उनले उद्धारका लागि सानो सानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए। भूकम्पपछि पुरिएका एक युवकको ८२ घण्टापछि जिवितै उद्दार गरिएको हो। अर्घाखाचीका २८ वर्षीय ऋषि खनालको राति ११ बजे उद्दार भएका थिए। अन्य दुई जना साथीसँग काठमाडौं आएका उनी गोंगाबु बसपार्कस्थित सयपत्री गेष्ट हाउसमा बसेका थिए। उनका अन्य दुई साथीको मृत्यु भइसकेको छ।

 

Tuesday, April 28, 2015

:अर्घाखाँचीको मैदान र खिदिम गावीसमा भएको उच्च क्षेतीग्रस्त क्षेत्रमा नेपाल रेडक्रस तुल्सी पौडेल,राजनैतिक दलका नेता प्रेम नारायण गैरे नेपाली सेना चन्द्रनाथ गणवाट क्याप्टेन महेन्द्र वहादुर राणा,प्रहरी नायव निरक्षक भक्त खडेका,नेपाल पत्रकार महासंघ अर्घाखाँची सचिव प्रेम नारायण आचार्य,स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरे,राहत वितरण कार्यक्रम द्वारा भएको छ । 

पहिलो चरणमा क्षेतीग्रस्त घरमा त्रिपाल,कम्मल,खाना पकाउने भाड़ा,चामल,एकसरो कपड़ा पिडितको अवस्था हेरेर वितरण गरिएको छ । 
मैदान ४ स्थित जीवनाथ घिमिरे,लक्ष्मण घिमिरे,जगदिश घिमिरे,मैदान ३ गुणनिधी घिमिरे र सुन्तली अधिकारी (वुढार),खिदिम ०३ ढाव
राम वहादुर विकको घरमा गोठ नस्ट गोरु,एक भैसी मरेका छन र एउटा भैसीको खुट्टा भाचिएको छ गोठ पुर्ण क्षतिग्रस्त छ । 
खिदिम वाड २ ढाव छवीलाल ज्ञावली घर गोठ क्षेतिग्रस्त,लिला भण्डारी घर पुर्ण क्षती,भिमलाल र चन्द्र कला ज्ञावली र रुपा थापाको घरमा आंसिक क्षती ग्रस्त भएको छ ।
अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, वैशाख १५ –भूकम्पको कारण काठमाडौंका सबैजसो अस्पतालमा घाइते  तथा बिरामीको भिड लागेको छ । हाम्रो टोली ट्रमा सेन्टर  पुग्दा सयौं  घाइतेको उपचार भैरहेको थियो । 
ट्रमा सेन्टरको भुँइतलामा रहेको आकस्मिक कक्षको गेटैमा एकजना घाइते युवा बेडमा पल्टिरहेका थिए । उनको शरीरभरि चोटैचोट थियो । अनुहारमा पनि निकै चोट थियो । शरीरमा रगतका टाटाहरु थिए । नजिकै उनकी आमा छोराको हालत हेर्दे टोलाइरहेकी थिइन् ।
अरु घाइतेसित कुरा गर्दा उनी घरिघरि हामीतिर आँखा लगाउँथे, मानौ बोल्नका लागि उनी पनि पालो पर्खिरहेका छन् । आँखैले कुरा गर्ने चाख देखाएपछि मैले कुराकानीको लागि अनुरोध गरेँ,  कुराकानीका लागि उनी तयार भए । नाम कृष्ण रम्तेल । घर धादिङ । पुरै खुट्टाभरि पलाष्टर गरिएको थियो, मैले सोधे तपाँइ कहाँबाट खसेर घाइते हुुनुभयो ? एकछिन रोकिएर उनले भने ‘धरहराबाट खसेर यो गति भएको हो ।’
धरहराबाट !?
कुराकानीका लागि अब चासो देखाउने पालो अब मेरो थियो । नेपालकै धरोहर मानिएको र बर्षौ लामो इतिहास बोकेको धरहरा भूकम्पले ढालेको थियो । ढलेको धरहरा उठ्छ उठ्दैन कसैलाई थाहा छैन, तर, धरहराको भविष्य अनिश्चित हुँदा पनि धरहरासँगै ढलेर भुईमा पुगेका यी युवाको जिन्दगीले भविष्यको सुनिश्चित बाटो तय गरिसकेको थियो । उनको जीउका घाउमा खाटा बस्न थालेका थिए ।
धादिङका कृष्ण रम्तेल काठमाडौं आएको ५ बर्ष भयो । तर उनी कहिल्यै धरहरा चढेका थिएनन् । धरहरा चढ्ने धोको पुरा गर्न कृष्ण शनिबार बिहान ११ बजे धरहरा पुगे । टिकट लिएर रम्तेलले  नजिकैको पसलमा जुस खाए । साढे एघार बजेतिर उनि धरहरा चढ्न सुरु गरे ।
 धरहराका जति सिंढि उक्ले, उत्ति नै पुर्खालाई सम्झे, किनकि पुर्खाले यति राम्रा संरचना बनाएका छन् । कहिल्यै नचढेको तर देखेको मात्र स्तम्भ धरहरा चढ्दा उनको मन फुरुङ्ग थियो । धरहराको टुप्पोबाट राजधानी नियाल्ने उनको इच्छा पुरा हुदै थियो । उनी धरहराको टुप्पोमा पुगेर कौसीबाट काठमाडौंको दृष्य हेरे ।
केही बादल लागे पनि काठमाडौं निकै सुन्दर देखे र अनुभव गरे, काठमाडौं साच्चै सुन्दर रहेछ । तर सोचे घरैघरले काठमाडौंको सौन्दर्य घरले बिगारी सकेछन् । धरहराबाट काठमाडौंको दृष्य हेर्दै गर्दा उनलाई  रिंगटा लाग्यो । के कारणले रिंगटा लाग्यो सोच्न नपाउदै उनी  बेहोस भए ।
एकछिन पछि केही होस आएजस्तो भयो । कसैले नजिकैको सडकमा लगेर प्राथमिक उपचार गरिरहेको थियो जस्तो लाग्यो । सपनामा जस्तो, विपनामा जस्तो, उडेको जस्तो, कुदेको जस्तो कस्तो कस्तो अनुभव गर्दा गर्दै रम्तेल फेरि ढले । त्यो बेला रम्तेलको शरीरमा कुनै पीडा थिएन । उनी अर्धचेतन अवस्थामा थिए । जब भुकम्पको दोस्रो झट्का लाग्यो उनी पुरै बेहोस भए ।  
होसमा आउँदा कृष्ण रम्तेललाई निकै पीडा भयो । शरीरभरि चोटैचोट थिए । रगतका टाटा धेरै थिए । उनको साथमा आमा थिइन् । उनी अस्पतालमा थिए । कस्ले कसरी अस्पताल पु¥यायो र आमालाई सम्पर्क गर्‍यो भन्ने उनलाई अहिले पनि सम्झना र जानकारी छैन ।
उनलाई कम्मरमुनिको भाग नचलेको जस्तो लाग्छ ।  उपचार ढिलो भएकोमा उनको गुनासो छ ।  खुट्टाको प्लाष्टर अस्ति नै गर्नुपर्ने भए पनि सोमबारमात्र कृष्णको जीउका धेरै भागमा प्लाष्टर गरियो ।
कृष्णको शरीर दुखेर हलचल गर्न हुदैन । निकै दुखित मुद्रामा कृष्णकी आमाले सबै कुरा सुनिरहेकी थिइन । छोराको यो हालत देखेर उनको मन विक्षिप्त भएको थियो । केही कुरा गर्न अनुरोध गर्दा उनी रोइरहिन्, बोल्न सकिनन् ।
मानविकी संकायमा स्नातकोत्तर तहको शिक्षा पुरा गरेका  रम्तेल एउटा निजी कम्पनीमा बजार व्यावस्थापकको काम गर्छन । भुकम्प आएदेखि नै बाहिरको खबर बुझ्न नपाएका रम्तेलले बाहिर भएको भईचालोको डरलाग्दो क्षतिको कल्पना पनि गरेका छैनन ।
अस्पतालमा घाइतेको भीड भएकोले उनलाई अस्पतालले भोलि नै घर जान भनेको छ । तर, काठमाडौंको बनस्थलीस्थित कोठाको अवस्था कस्तो छ, थाहा छैन । भन्छन्, घर पक्की नै थियो, सायद भत्केको छैन कि ।
धरहराबाट खसेका धेरैजनाको ज्यान गए पनि रम्तेल यस्ता भाग्यमानी हुन्, जो धरहराबाट खसेर पनि बाचे । तर घाईते रम्तेल भन्छन् ‘तर म बाँचेको छु भन्नेमा मलाई नै विश्वास छैन ।’

unn.com.np bata
भूकम्पका कारण देशभर ज्यान जानेको संख्या ४ हजार नाघेको छ । अहिलेसम्म ४ हजार ३ सय ४७ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार १ सय ५४ जना घाइते भएका छन् । देशभरका भूकम्प प्रभावित क्षेत्रबाट क्षतिको विवरण संकलन गर्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । यस्तै उद्धार तथा राहतको काम मंगलबार अझै प्रभावकारी बन्ने सरकारले दाबी गरेको छ ।
एकैपटक धेरै ठाउँमा काम गर्नुपर्ने भएकाले समस्या भएपनि खोज तथा उद्धारलाई प्राथमिकता दिएर काम गरिएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पमा परेकाहरूको सहायताको लागि विभिन्न देशबाट आएका उद्धार टोली र चिकित्सकहरू देशका विभिन्न ठाउँमा खटेर उद्धारमा सक्रिय छन् ।
सरकारले काम भैरहेको बताएपनि पीडितहरुले भने राहत नपाएको गुनासो गरेका छन् । राहत सामाग्री उपलब्ध नहुँदा तथा बजार पसल खुला नहुँदा सामान किनेर पनि खान नपाएको उनीहरुको भनाई छ । काठमाडाैंको साँखु, नाङ्लेभारे, ललितपुरको चापागाउँ, बुँगमति, खोकना, लेले लगायतका ठाउँमा अझै पनि उद्धार तथा राहत नपुगेको स्थानीयबासिन्दाले जनाएका छन् ।
भक्तपुरका कतिपय ठाउँमा अहिलेपनि सुरक्षाकर्मी र उद्धारको काम थाल्न सकिएको छैन । भुकम्प पीडितका लागि विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय समुदायले राहत तथा उद्दारका लागि सहयोगको घोषणा गर्ने क्रम जारी छ ।

Monday, April 27, 2015

प्रेमनारायण आचार्य
   अर्घाखाँची १४ बैसाख । बिनासकारी भुकम्पबाट अर्घाखाँचीमा ४९ घर पुर्ण रुपमा भत्किए पछि  ४९ घर परिबार खुल्ला आकारसमा बसिरहेका छन । उनीहरु घरबाट पुर्ण रुपमा बिस्थापीत भएका छन । जिल्लाका बिभिन्न गाविसमा एक सय ३७ घर आंसिक रुपमा भत्किएका छन ।
पोखराथोकमा ९, ठुलापोखरामा ५ , खनमा ५,खिदिममा ३,हसपुरमा १,सुवर्णखाल २,पणेनामा ४,धारापानीमा १,मैदानमा २, लगायत गर ४९ घर पुर्ण रुपमा र  जिल्लाका बिभिन्न गाविसमा एक सय ३७ घर आंसिक रुपमा भत्किएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
जिल्लाका बल्कोट , धनचौर, खन, किमडाडा लगायतका स्थानमा बिद्यालय भबन समेत भत्किएका छन ।
घर भत्किएका र घरमा बस्नै नसक्ने गरि क्षती भएका घर परिबारलाइ जिल्ला दैबीक प्रकोप उद्धार समिति तथा रेडक्रस सोसाइटीले रहातका सामाग्री बितरण गरिरहेको छ । मानबीय क्षतीबाट जिल्ला बचेको छ । भुकम्पको डरले मानिसहरु घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन ।
प्रेमनारायण आचार्य
   अर्घाखाँची १४ बैसाख । अर्घाखाँचीको सन्धिखर्कमा बैसाख १८ गते देखि हुने भनिएको गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता स्थगित  भएको छ ।
बिनासकारी भुकम्पबाट देस संकटमा परिणत भएको समयमा उद्धार र राहातमा खट्न आग्रह गर्दै अर्घाखाँची युबा परिसदले पुर्ब घोषित भलिबल खेल प्रतीयोगीता अनिस्चीतकालाका लागि स्थगित गरेको बताएको छ ।
सन्धिखर्कको चुत्राबेसीमा रहेको युबाहरुको समुह अर्घाखाँची युबा परिसदको आकस्मीक बैठकले बैसाख १८ गते देखि सञ्चालन गर्ने भनेको भलिबल प्रतीयोगीता स्थगित गरेको र प्रधानमन्त्री राहातकोषमा १० हजार रुपैया पठाउने निणर्यय गरेको परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए ।
साथै संम्पुण साथी वचत तथा ऋण सहकारी संस्था र अर्घाखँची युवा परिषद् का सदस्यहरु लाई संयम अपनाई सहयोगमा जुट्न पनि बैठकले अनुरोध गरेको छ ।
प्रेमनारायण आचार्य
   अर्घाखाँची १४ बैसाख । बिनासकारी भुकम्पबाट भएको बिनासको उद्धार र राहातको लागि अर्घाखाँचीबाट २५ हजार रुपैया प्रधानमन्त्री राहातकोषमा पठाइने भएको छ ।
 सन्धिखर्क चुत्राबेसीका युबाहरुको समुह अर्घाखाँची युबा परिषदले १० हजार रुपैया प्रधानमन्त्री राहात कोषमा पठाएको अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए ।  , चुत्राबेसीकै युबाहरुले खोलेको साथी सहकारीले १० हजार रुपैया उद्धार र राहातको लागि प्रधानमन्त्री राहातकोषमा पठाएको सहकारीका अध्यक्ष प्रकास भुसालले बताउनु भयो ।   
त्यस्तै नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले पनि पाँच हजार रुपैया प्रधानमन्त्री राहातकोषमा पठाएको अध्यक्ष प्रकास भटराइले बताउनु भयो ।
बिनासकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २ सय भन्दै धेरै रहेको पुष्टि भएको छ । सरकारले दिएको पछिल्लो जानकारी अनुसार देशभर ज्यान गुमाउनेको संख्या तीन हजार २ सय भन्दा धेरै पुगेको हो ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा उपत्यका बाहिरका जिल्लामा गरी अहिलेसम्म तीन हजार दुई सय १८ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मिप्रसाद ढकालले जानकारी दिनुभयो ।
यस्तै भूकम्प प्रभावित देशभरका विभिन्न ठाउँमा गरी अहिले ६ हजार ५ सय ३० भन्दा धेरै घाइते भएको गृहका प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
शनिबार र आइतबार गएको ठूलो भूकम्प तथा त्यसपछि आएका भूकम्पको धक्काका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । भूकम्प प्रभावित सबै क्षेत्रमा उद्धार तथा राहातको कामलाई तीव्रता दिएको सरकारले जनाएको छ ।

घर फर्कौं तर सचेत रहौं

भूकम्पको त्रास अब बिस्तारै कम हुँदै गएकाले सामान्य जनजीवनमा फर्किन विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार ठूलो भूकम्पपछि आउने धक्काहरुको क्रम रोकिँदै गएकाले अब सचेतता सहित सामान्य जनजीवन तर्फ फर्किन सकिन्छ ।
आइतबार र सोमबार गएको भूकम्प र त्यसपछिका साना धक्काहरु आउने क्रम रोकिँदै गएकाले आफ्नो घरको अवस्था मुल्यांकन गरी सचेतता सहित घर फर्किन सकिने भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेटका भूकम्प सम्बन्धी जानकार खड्गसेन ओलीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘केही समय भूकम्पका बारेमा सेचत तथा जानकार रहनु त पर्छ तर अब ठूलो भूकम्प आउने सम्भावना भने कम छ ।’ अहिलेसम्म खुला ठाउँमा बसेका मानिसहरु आफ्नो घरको अवस्था हेरेर घर मै फर्किन विज्ञको सुझाव छ ।
भूकम्पका कारण चर्किएका, भत्किएका वा अन्य भौतिक क्षति पुगेका घरहरुमा भने प्राविधिकलाई देखाएर सुझाव अनुसार मर्मत सम्भार गरेर घर फर्किन सकिने विज्ञले बताएका छन् ।

Sunday, April 26, 2015

पहिलो भूकम्प गएको २५ घण्टामा फेरि ६ दशमलब ८ रेक्टर स्केलको भूइचालो

काठमाडौमा पहिलो भूकम्प गएको २५ घण्टामा फेरि ६ दशमलब ८ रेक्टर स्केलको भूइचालो गएको छ । काठमाडौबाट ७८ किपलोमिटर पूर्व र कोदारीबाट १८ किलोमिटर दक्षिण पूर्व ईपिसेण्टर रेहको भुईचालोको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लामा परेको अनुमान गरिएको छ । भुईचालोको प्रभाव नेपालको मध्यमाञ्चलमा जस्तै पूर्वाञ्चलमा समेत ब्यापक रुपमा परेको छ ।

Friday, April 24, 2015

आफ्नै काका श्रीप्रसाद गुरुङले मासिक डेढलाख रुपैंया तलब पाइने बताएपछि धादिङका सुब्बा गुरुङ नेपाली सेनाको जागिर छाडेर सेक्यूरिटी गार्डका लागि नाइजेरिया पुग्नुभयो । काकालाई चार लाख रुपैयाँ बुझाएर अफ्रिकी देश नाइजेरिया पुगेका गुरुङलाई त्यहाँ समलिंगी बन्न प्रस्ताव गरियो । होटेलमा तीन महिनासम्म नजरबन्दमा बसेपछि अनेक समस्यासँग जुध्दै नेपाल फर्किएका गुरुङलाई पछि मात्र थाहा भयो त्यहाँ समलिङ्गी बन्न बेचिएको रहेछ ।
सिन्धुपाल्चोकको तातोपानीमा निर्माणाधीन सुक्खा बन्दरगाहमा कार्यरत बानियाँटार–१ बर्दियाका भुरे थारूको खासामा ज्यान गएपछि अनुसन्धानका क्रममा उहाँलाई खासा बजारको डान्स रेस्टुरामा बेचेको खुलासा भयो । खासामा बढ्दै गइरहेको यौन व्यवसायमा पुरुष वेश्या बनाउन बेचिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
कुनै समय मानवतस्करी तथा बेचबिखन भन्ने वित्तिकै नेपाली युवतीलाई बेश्याबृत्तिका लागि भारतको मुम्बईमा पुर्याइने बुझिन्थ्यो । तर पछिल्लो समय मानव तस्करले पुरुषलाई समेत बेच्न बाँकी राखेका छैनन् । नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाएर धादिङका सुब्बा गुरुङ र बर्दियाका भुरेथारु जस्ता धेरै युवा चीन, इरान, अफगानिस्तानदेखि युरोप अमेरिका तथा अफ्रिकी मुलुकमा बेचेको हुन थालेको विभिन्न घटनाले पुष्टि भैसकेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका निर्देशक, प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल भन्नुहुन्छ ‘पुरुष पनि बेचिन्छन् भन्ने मलाई पनि थाहा थिएन, तर अनुसन्धान गर्दै जाने क्रममा पुरुष पनि विभिन्न कामको लागि बेचिने गरेको पाईयो ।’ आकर्षक तलबको लोभमा विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली युवालाई जब अबैध काममा लगाइन्छ त्यतिबेला मात्र आफू बेचिएको महसुस गर्ने गरेको प्रहरी नायब महानिरीक्षक मल्ल बताउनुहुन्छ।
उहाँका अनुसार गैरकानुनी रुपमा खुलेका कम्पनीले नेपाल युवा ओसारेर दिने र विदेशमा अवैध भनिएका कामहरुमा जबरजस्ती लगाइने गरेको पाइएको छ ।
जानकारहरुका अनुसार बेचिएका कतिपय पुरुषलाई मिर्गाैला, कलेजो, र रगत दान गर्न लगाइन्छ । नाम चलेका राष्ट्रका लागि आकर्षक कमाईको लोभ देखाएपछि दलाल सामू शिक्षित पुरुष समेत झुक्ने गरेकाले पुरुष बेचबिखन बढिरहेको मानव बेचविखनको क्षेत्रमा कार्यरत माइती नेपालका निर्देशक विश्व खड्का बताउनुहुन्छ ।
उहाँका अनुसार अवैध बाटो भएर अमेरिका लैजाने क्रममा कन्टेनर तथा पानी जहाजमै कतिपय युवाको ज्यान जाने गरेको छ । मानव तस्करले अमेरिका तथा युरोपको सपना बाँडेपछि स्नातकोत्तर गरेर स्वदेशमै जागीर खाईरहेकाहरु समेत मान प्रतिष्ठा भुलेर तस्करको पञ्जामा पर्ने गरेको खड्का बताउनुहुन्छ ।
दलालको लहलहैमा नपरी विदेश जानु अघि आफू जान लागेको देश, गर्ने काम, पाउने सेवा सुविधा र सरकारी निकायबाट स्वीकृति प्राप्त कम्पनी हो वा होइन भन्ने बारे स्पष्ट भएर जाने हो भने बेचिने सम्भावना कम हुने निर्देशक खड्काको भनाई छ ।
खड्का भन्नुहुन्छ ‘सुरक्षित आप्रवासन सम्बन्धी सूचना दिने धेरै संघसंस्थाहरु छन्, प्रहरी, जिल्ला प्रशासन कार्यालय, रेडियो पत्रपत्रिका, हामी जस्तो मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था कयौं छन् जुन भरपर्दो लाग्छ त्यहीबाट सूचना लिएर मात्र विदेश यात्रा तय गर्ने हो भने कहिल्यै ठगिने र बेचिने सम्भावना हुदैन, नत्र कहिल्यै फर्किन नपाउने गरी बेचिन सक्छ ।’
बेचिएका मानिसलाई बन्धक बनाईने हुँदा नजिकको व्यक्तिसँग समेत सम्पर्क टुट्ने हुँदा पुरुष बेचविखनका घटना हत्तपत्ति बाहिर आउँदैनन् । बेचबिखनमा परेका व्यक्ति उम्किन सफल भए मात्र त्यस्ता उजुरी प्रहरी सम्म आईपुग्ने हुँदा पुरुष बेचिएका उजुरीहरु उल्लेख्य मात्रमा परेका छैनन् । उजुरी सुन्ने निकायसम्म नआएका यस्ता घटना असंख्य रहेको प्रहरी अनुमान छ । unn.com.np bata copy

Thursday, April 23, 2015

प्रेमनारायण आचार्य
  अर्घाखाँची १० बैसाख । अर्घाखाँचीको पोखराथोक गाविसमा आज दिउसो लागेको आगालागिमा आगोले जलेर एक बालकको घटनास्थलमै ज्यान गएको छ ।

  पोखराथोक ८ कमाइघारी  घरमा आगो लाग्दा उनका ७ बर्षिय छोरा थमन सुर्यबंसीको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन । 

प्रेमनारायण आचार्य
   अर्घाखाँची १० बैसाख  । नेपालमै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरको  महत्व तथा बिसेसतालाइ  समेटेर हेमराज पराजुलीद्धारा लेखिएको पुस्तक सिद्धेश्वर गाथाको प्रकासन भएको छ ।
   सन्धिखर्क तथा चुत्राबेसीको जननीको रुपमा रहेको सिद्धेश्वर शिबालयका बिगतका घटना किम्बदन्ती एबं बर्तमान सन्दर्भ समेत संकलन गरि सिद्धेश्वर गाथा नामक पुस्तकको प्रकासन भएको हो ।
शिबालय मन्दिर भएको स्थानमा पुजाआजा सुरु भए पछि बिस्तारै बजार पनि बस्न थालेको पनि पुस्तकमा समेटिएको छ ।    सन्धिखर्क चुत्राबेसी स्थति सिद्धेश्वर शिबालय मन्दिरमा नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको छ ।सन्धिखर्क र चुत्राबेसीमा  बजार तथा गाँउ बस्नु अघिदेखिनै पुजाआजा गरिदै आएको शिबालयको स्थापना महत्व, तथा अर्घाखाँचीका धार्मिक स्थलको समेत जानकारी पुस्तकमा राखिएको छ ।
   बैदिक धर्म परिसद नेपालका केन्द्रीय सचिब हेमराज पराजुलीद्धारा लिखीत सिद्धेश्वर गाथामा सिद्धेश्वर मन्दिर तथा शिबालयको स्थापना हुनु अघि देखि अहिले शक्तिपीठको अबस्था सम्मको सम्पुर्ण गतिबिधिलाइ समेटिएको छ ।
  दैनीक रुपमा बैदिक बिधिपुर्बक पुजा आजा गरिने यस मन्दिरमा अक्ष तृतीया, शिबरात्री,तीज, सहित साउन महिनाभर बोलबम मेला पनि लाग्ने गर्दछ । सिद्धेशवर गाथा पुस्तकको स्वामीनारायण मुक्तिनाथ धाम नँया गाँउका पिठाधीस लोकानन्द स्वामी महाराजले बिमोचन गर्नु भएको हो ।
    पुस्तकको बारेमा पाणिनि बहुमुखी क्याम्पसका सहायक प्राध्यापक बुद्धिराज भुसालले समीक्षा गर्नु भएको थियो । बिमोचन कार्यक्रम नारायण प्रसाद खनालको अधयक्षता र नेत्रप्रसाद भुसालका ेसञ्चालनमा सम्पन्न भएको हो ।
सिद्धेश्वर गाथा पुस्तक लेख्नु अघि लेखक हेमराज पराजुलीका जीबनमार्ग र दिब्य तिलोत्तमा शक्तिपीठ नामक कृतिहरु प्रकासनमा आएका छन ।

प्रेमनारायण आचार्य
   अर्घाखाँची १० बैसाख । अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वाड न २ चुत्राबेसीमा ४ बर्षिय बालिकालाइ बलत्कारको प्रयास गर्ने १४ बर्षिय किसोरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाइ घरमा लगि ललाइफकाइ जबरजस्ती गर्न खोजेको भन्दै किसोरलाइ पक्राउ गरेको हो ।बालिकालाइ जबरजस्ती करणी गर्न खोज्ने १४ बर्षिय किसोरलाइ पक्राउ गरि घटनाको खनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
प्रेमनारायण आचार्य

सन्धिखर्क, अर्घाखाँची । पाँच महिनाअघि भारतमा बेचिएकी एक किशोरीको उद्धार गरिएको छ ।  अर्घाखाँचीको धारापानी-६ घर भएकी १४ वर्षीया किशोरीलाई कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृहले भारतबाट उद्दार गरेर सन्धिखर्क ल्याउन सफल भएको हो ।
गत मंसिर ८ गते गाँउकै ठूलीदिदी पर्नेले मासिक १२ हजार रुपैयाँ तलब हुने जागिर लगाइदिने भन्दै ठाडा-५ का सुनिल नेपाली र उनकी पत्नी अस्मिता नेपालीसँग भारत पठाएकी थिइन् ।
सुनिलले बहिनी भएको बहाना बनाई नेपालगञ्जबाट भारतको हिमाञ्चल प्रदेशमा लगेर बेचेका थिए । घरेलु कामदारका रुपमा प्रयोग गरिएकी उनीमाथि पटक पटक यौन दुब्र्यबहार गर्न खोजेपछि भागेर जोगिएको उनले बताइन् ।
आफन्तले प्रहरी चौकी धारपानी र जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा छोरी खोजीको लागि निवेदन दिए । प्रहरी अनुसन्धनबाट भारतमा लगेको खुलेपछि खोजी गर्ने क्रममा कपिलबस्तुको कृष्ण नगरमा रहेको शान्ति पुनस्थापना गृहमा किशोरीका पुगेका थिए ।
खोजी गर्ने क्रममा उनलाई हिमाञ्चल प्रदेशको किन्नुर जिल्लामा लगेको थाहा भएपछि लगेको थाहा भएपछि त्यहाँबाट फर्काउन सफल भएको केन्द्रका कार्यक्रम संयोजक भुमीराज भट्टराईले बताए ।भट्टराईले भारतबाट सकुसल उद्धार गरिएकी किशोरीलाई उनलाई बेच्नेविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा ल्याएका छन । 
पीडित किशोरीका बुबाले आफ्नी छोरी बेच्नेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने बताएका छन्। र जाहेरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताइएको छ। 

Wednesday, April 22, 2015

कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2069-11-29 (Episode-1)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची     

नमेटिने यादको पहिलो शृङ्खला         

नमस्कार !   
म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र लक्ष्मण घिमिरे ।  लौ सुन्नुहोस अनी डाउनलोड गर्नुहोस नमेटिने यादको First Episode...यस्तो थियो पहिलो कार्यक्रम !
यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….  यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस….  लामो छैन मात्र 9 MB  को  हो……  

Listen And Download

 
Download : click here to download



सुनिदिनु भएकोमा धन्यबाद ! 
अझै तँपाइको साथको खाँचो छ मलाई..


साथ दिदै जानु होला ल !!!

Tuesday, April 21, 2015

आज अक्षय तृतीया, जौको सातु र सर्वत दान सहित मनाईंदैछ । आजको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

आजकै दिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन  पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।

चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।

अक्षय तृतीयाको दिन काठमाण्डौको पशुपतिनाथ लगायत शिब पार्बतीका मन्दिरमा बिहानै देखि भक्तजनको घुइचो लागेको छ । सन्धिखर्क चुत्राबेसीमा  रहको सिद्धेशवर शिबालय भक्तिटोलामा  बिहानै देखि भक्तजनको घुइचो बढेको छ । देसमा दिगो शान्तीको कामना गर्दै  लघु रुद्री सहितका बिसेस पुजाआजा हुने सिवालय मन्दिर ब्यबस्थापन समितिले बताएको छ । आज स्वामी महाराज लोकानन्द महाराजले प्रबचन दिने पनि कार्यक्रम रहेको छ ।

Monday, April 20, 2015

प्रेमनारायण आचार्य
   अर्घाखाँची ७ बैसाख । प्रकृतीको कुचीकार मानीने गिद्धका ५ प्रजाती अर्घाखाँचीमा पाइने गरेको छ । हिमाल तथा तराइमा पाइने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनु पर्नेमा   जोड दिइएको छ ।

अर्घाखाँचीको सन्धिखर्कमा गिद्ध संरक्षणकालागि सरोकारवाला स्तरीय अन्तरक्रिया कार्यक्रममा यो कुराको जानकारी गराइएको हो ।   जिल्लाको अर्घाका सामुदायीक बन, खन, मखात, घेराको भीर, ढाकाबांग लगायतका स्थनमा ५ थरी गिद्ध पाइने गरेको गिद्ध सरक्षण अभिायनका बिज्ञ कृष्णप्रसाद भुसालले बताएका छन । उनले डंगर , सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध गरि ५ प्रकारका गिद्ध पाइने जानकारी दिए । हिमाल तथा तराइमा पाइने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनु पर्नेमा   बोल्ने बक्ताहरुले जोड दिएका छन ।

     गर्ता खहरे,खहरे खोला गर्लाम सामुदायीक बन अर्घाको आयोजना र नेपाल पंक्षी संरक्षण संघ काठमाण्डौको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गिद्धको बासस्थान, जिल्लामा पाइने गिद्धको अबस्था लगायतका बिषयमा पक्षि संरक्षण केन्द्रका  बिज्ञ कृष्ण प्रसाद भुसाल, अधिकृत खडानन्द पौडेल, जिल्ला पशुसेवा कार्यलय अर्घाखाँचीका प्रमुख रामनारायण मण्डल लगायतले जानकारी गराएका थिए ।

   कार्यक्रममा जिल्ला बन अधिकृत कृष्ण प्रसाद ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेल, जिल्ला कृषि बिकास कार्यलयका प्रमुख योग प्रसाद खरेल नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक,एमालेका जिल्ला सदस्य रामचन्द्र पोख्रेल,एमाओबादीका जिल्ला अधयक्ष चन्द्रबहादुर खड्का, भु संरक्षण कार्यलयका प्रमुख सम्पुर्णनन्द गिरी, सामुदायीक बनका रामबहादुर रायमाझि प्रकास आचार्य लगायतले मन्तब्य राखेका थिए ।

   कार्यक्रम गर्ता खहरे,खहरे खोला गर्लाम सामुदायीक बनका अध्यक्ष डिलबहादुर रानाभाटको अध्यक्षता र बलबहादुर रायमाझिका ेसञ्चालनमा सम्पन्न भएको हो ।






प्रेमनारायण आचार्य
   अर्घाखाँची ७ बैसाख । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनामा मृत्यु भएका मृतकको सम्झनामा  लेखिएको अतितको स्मृति नामक पुस्तकको आज बिमोचन गरिएको छ ।

बार्षिक पुण्य तिथीको अबसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत वांगला घर भएका स् .डा.बिष्णु आचार्य, बुबा जनार्दन आचार्य , आमा मिना आचार्य र माहिली हजुरआमा शान्ता देबी आचार्यको स्मृतिमा वांगलाको आचार्य परिबारले अतितको स्मृति नामक पुस्तकको प्रकासन गरेको  हो । पुस्तकको जिल्ला स्वास्थ्य कार्यलय का डा जगन्नाथ तिवारीले बिमोचन गरेका छन  ।

   कार्यक्रममा पुस्तककी प्रकासक सिता पौडेलले प्रहरी प्रसासनको कमजोरी कारण आफुले आमा, दाई भाउजु तथा भाइ गुमाउनु परेको बताइन । लाइसेन्सनै नभएको ब्यक्तिले ट्रक चलाएका कारण दुर्घटना भएको बताउदै एक बर्ष सम्म पनि राहात पाउन नसकेकोमा प्रसासनले पहल नगरेको बताएकी छन । 
  जिल्ला प्रशासन कार्यलयले बिबाद मिलाउन दुइ समितिको छलफलमा सहमति नभए पछि राजनीतिक दललाई समेत बोलाएर छलफल गरेको भए पनि कुरा मिल्न सकेको छैन ।
   नेपालको कानूनमा पचास लाख भन्दा माथीको दुर्घटना बिमा छैन । जती ठुलो दुर्घटना भएपनि पचास लाखमा सबैलाई उम्काउनु पर्ने वाध्यकारी व्यवस्था  छ  । त्यस भन्दा माथिको खर्च भने समितिले व्यहोर्नु पर्छ । नरपानी दुर्घटनामा पचास लाख घाइतेहरुलाई उपचार गर्दानै सकिएको छ । यो दुर्घटनाको सवालमा  ट्रक चालकको लाइसेन्स नभट्टीएका कारण ट्रकको विमा वापतको  पचास लाख आउने संभावना पनि कम छ । 
बस र  ट्रकका दुबै समिति गैर जिम्मेवार बनेको र  आपसी किचलोका कारण मृतकका परिवारले दुःख पाएका छन ।
पुस्तककी प्रकासक सिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डा. जगन्नाथ तिवारी, नारायण पौडेल, लागयतले मन्तब्य राखेका थिए । कार्यक्रम पुस्कर आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

Sunday, April 19, 2015

प्रेमनारायण आचार्य
  अर्घाखाँची ६ बैसाख । अर्घाखाँचीको अड्गुरी गाविसमा आज आइतबार दिउसो भएको जपि दुर्घटनामा ६ जना घाइते भएका छन । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेको छ ।

   पाल्पाको तानसेनबाट अर्घाखाँचीको सन्धिखर्क आउदै गरेको ग १ ख ५६७१ नम्बरको जीप अड्गुर िगाविस वाड न. ६ भञ्ज्यांगमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

    घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । दुर्घटनामा अर्घाखाँची पणेनाका केसबसिंह परियार, र पाल्पा तानसेनका लक्ष्मण अर्याल गम्भीररहेको प्रहरीको भनाइ रहेको छ ।

Saturday, April 18, 2015

दाङमा नदीमा डुबेर तीन जनाको ज्यान गएको छ । शनिबार दाङको बबई नदीमा डुबेर दुई जनाको तथा राप्ती नदीमा डुबेर अर्का एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर रुकुम खलंगाका मञ्जित गौतम र सल्यानको भलाचौरका भरत चन्दको ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ । यसैगरी राप्ती नदीमा नुहाउन गएको समयमा शुक्रबार बेपत्ता भएका बालकको शनिबार दिउँसो शव फेला परेको छ ।
लालमटिया—४ का १२ वर्षका कमल पौडेलको राप्ती नदीमा डुबेर ज्यान गएको हो । साथीहरुसँग नदीमा नुहाउने क्रममा बेपत्ता भएका कमलको शव शनिबार फेला परेको हो ।

  १० बर्ष देखि  नक्सा नहुदा जनताले समस्या भोग्दै आएकोमा अर्घाखाँचीमा पुन नापी हुने भएको छ ।
   दुइ बर्ष अघि २०६९ सालबाट जनताको लालपुर्जाको आधारमा नक्सा बनाउन सुरु गरेको बिषेस नापी कार्यलयले अहिले फेरि पिलडमै गएर पुन नापी गर्ने भएको हो । सन्धिखर्कमा आज एक कार्यक्रम गरि जिल्लाको सबै पुन नापी हुने र सन्धिखर्क नगरपालीकामा डिजीटल प्रबिधिबाट नापी हुने बिसेस नापी कार्यलयका प्रमुख मोहमद साबिर हुसैनले बताए ।

अहिले पहिलो चरणमा ८ टोलीले ढिकुरा, धनचौर, चिदीका, सुवर्णखाल, धातीबांग, अर्घातोष,र पटौटी गाविस र सन्धिखर्क नगरापालीकाको वाड न. १ मा पुन नापीको काम सुरु हनुे बिसेस नापी कार्यलयका प्रमुख हुसैनले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेल,स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, महाधीबेसन प्रतिनिधि बिष्णु मुस्कान, एमालेका जनार्दन खनाल, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, राजमोका पशुपति ढकाल, गोपाल पौडेल, मालपोत कार्यलयका कमल प्रसाद पोख्रेल, गाविस सचिब हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष रुकेन्द्र पालुंगे, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, सचिब प्रेम आचार्य,पत्रकार बिरेन्द्र केसी,मुक्तिनाथ भुसाल लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रम गोबिन्द प्रसाद पौडेलको सञ्चालन र उत्तम खड्काको स्वागतमा सम्पन्न भएको हो ।

     २०५९ सालको फागुन  र  २०६१ साल फाल्गुण २१ गते दुइृ पटक सम्म माओवादी आक्रमणमा जिल्ला नापी कार्यालय ध्वस्त भएपछि जिल्लाका सबै घरजग्गा जमिनका नक्साहरु जलेका थिए । नक्सा नहुदा १० बर्ष  यता अर्घाखाँचीमा जग्गा जमिनको कित्ताकाट रोकिएको छ ।
कर्यक्रममा

दोहोरो नागरिकत्ता भएको भन्दै कपिलबस्तुमा नेकपा माओवादी विप्लव समूहले १० बिगाहा जग्गा कब्जा गरेको छ । कपिलबस्तुको बाणगंगा नगरपालिका ८ बभनीका शिवानन्द कुर्मीको सोहि स्थानमा रहेकोे १० बिगाहा जग्गा आज विप्लव समूहले झन्डा गाडेर कब्जा गरेको हो । माओवादीका जिल्ला सचिव संगम पुनको नेतृत्वमा गएकोे समूहले जग्गामा पार्टीको झन्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो । दोहोरो नागरिकत्ता भएको, स्थानीय जनताको जग्गा आफ्नो नाममा दर्ता गराइ जग्गा हडपेको र गैलजमिन्दार भएकोले जग्गा कब्जा गरिएको जिल्ला सचिव संगम पुनले बताउनुभयो । साथै उहाले जमिन जमिनदारको नभई उपभोग र जोत्ने किसानको हुनुपर्ने भन्दै स्थानीयवासीको जग्गा प्राप्तिको आन्दोलनमा आफूहरू जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने चेतावनी दिनुभयो ।
काठमाडौं, वैशाख ५ – शनिबार मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन सबैले आफ्नी आमालाई सम्झेका छन् । कतिजना आमालाई भेटेरै मीठो खानेकुरा खान दिई श्रद्धा व्यक्त गर्दैछन् भने भेट्न जान नपाउनेहरुले फेसबुक र ट्वीटरमार्फत आमाको सम्झना गरेका छन् । आमाको सम्झनामा उखानटुक्का पनि धेरै प्रचलित छन् । आमालाई सम्झाउने केही उखान हेरौं :
  • आमाको दूधको भारा कति गरे पनि तिरिंदैन
  • आमा छउञ्जेल माइति
  •  आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो
  • आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन
  • आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे
  • आमाजस्ती सासू भए किन आउँथे आँसु
  • आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी
  • आमा तिरको मामा न बाबु तिरको काका
  • आमा तिरको साइनु न बाबु तिरको साइनु
  • आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ
  • आमा दिन्छे, छोरी खान्छे
  •  आमा देखे भोक हराउँछ
  •  आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ
  •  आमा पछिको मामा, दाजु पछिकी भाउजु
  • आमा पट्टकिो न बाबु पट्टकिो
  • आमा बाबु उठेका, छोराछोरी सुतेका
  • आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने
  •  आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ
  • आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुंगामुढा माथि
  • आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने
  • आमा बाबुको माया छाती भित्र, तरुनीको माया अँगालोभित्र
  • आमाबाबु थिएनन्, बिहे गरिदिएनन्
  • आमा बाबुले भनेको मानिन, आफुले जानिन, बेला पनि बित्यो, बुद्धि पनि पलायो
  • आमा बिनाको के घर, बाबु बिनाको के थर
  • आमा बिनाको घर के काम
  • आमा बिनाको संसार सधैं अँध्यारो
  • आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो रु
  •  आमा भन्दा छोरी चर्की
  • आमा भन्दा छोरी जान्ने
  •  आमा भन्दा छोरी बाठी
  • आमा भीख माग्न दिन्नन्, बाबु खान दिंदैनन्
  •  आमा मरेको छोरो बिग्रिदैन, बाबु मरेको छोरो सप्रँदैन
  • आमा र भाउजु एउटै हो
  • आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले
  • आमालाई छोराका विहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ
  • आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन्
  • आमाले काटेको र बाबुले चाटेको
  • आमाले कुट्दा दुख्दैनन्
  • आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ
  •  आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू
  • आमा सित मामाको बखान
  •  आमा हुन साह्रो, बाउ हुन सजिलो
  •  आमैका अगाडि बाबैका दुहाई
  • आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन्
  • आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन
  • आमा चाहिं बेस्करी कुट्ने, छोरो चाहिं ए आमा ए आमा भन्दै उठ्ने                                                                                                                    www.unn.com.np 
कुनै बेलाका सद्दाम हुसेनका दाहिने हातको रुपमा काम गर्ने नेता इज्जत इब्राहिम अल डुरी मारिएका छन् । सद्दाम हुसेनको शासनको पतनपछि उनी अत्यधिक खोजीमा रहेका थिए ।बग्दादस्थित सलाहुद्धिन प्रान्तमा भएको झडपमा उनको ज्यान गएको इराकी प्रहरीले दाबी गरेको बिबिसीले जनाएको छ । ७२ वर्षिय डुरीलाई इराकमा इस्लामिक स्टेटको उदयका लागि जिम्मेवार मुख्य शक्तिका रुपमा पनि चिनिन्थ्यो ।उनको मृत्युले जिहादी विरुद्ध ईराकी सरकारको कारबाहीलाई त्यसले ठूलो बल पुर्याएको विश्वास लिएको छ ।
इन्यिन प्रिमियर लिग क्रिकेट आइपिएलमा चेन्नई सुपर किङ्सले मुम्बई ईन्डियन्स्लाई ६ विकेटले हराएको छ । शुक्रबार राती मुम्बइमा भएको खेलमा मुम्बईले दिएको १ सय ८४ रनको लक्ष्य चेन्नइले १६ दशमलव ४ ओभरमा ४ विकेट गुमाए भेट्टाएको हो ।
टस जितेर ब्याटिङ् रोजेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । यो जितसँगै चेन्नेइले अहिलेसम्मका तीन वटै खेल जितेको छ भने मुम्बइले सबै खेल हारेको छ ।
आइपिएलमा शनिबार दुई खेल हुँदैछन् । सनराइजर्स हैदरावाद र दिल्ली डयर डेभिल्सबीच तथा किङ्स इलेभेन पंजाव र कोलकत्ता नाइट राइडर्सबीच बेलुकी खेल हुनेछ ।

Friday, April 17, 2015

प्रेमनारायण आचार्य
अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा रहेको युबाहरुले सञ्चालन गरेको साथी बचत तथा ऋण सहकारीले यस बर्षको उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको छ ।
चुत्राबेसीका युबाहरुले सञ्चालन गरेको साथी सहकारीलाई ५८ औ राष्ट्रिय सहकारी दिबसको अबसरमा डिभीजन सहकारी कार्यलय कपिलबस्तुले उत्कृष्ट सहकारीको पुरस्कार प्रदान गरेको हो ।
सहकारीको मर्म, भाबना अनुसार काम गर्दै आएको, हिसाब तथा खाताहरु चुस्तदुस्त राखेको, बार्षिक तथा मासिक प्रतीबेदन समयमै बुझाएको तथा अनय सहकारीले भन्दा उत्कृष्ट कार्य गरेको भन्दै उत्कृष्ट सहकारीको पुरस्कार प्रदान गरिएको डिभीजन सहकारी कार्यलय कपिलबस्तुका प्रमुख रामप्रसाद चापागाइले बताए । डिभीजन सहकारी कार्यलयले हर्ने दुइ जिल्ला मध्ये साथी सहकारी अर्घाखाँचीको उत्कृष्ट तथा कपिलबस्तु र अर्घाखाँची दुइ जिल्लाको बचत तथा ऋण सहकारीमा उत्कृष्ट सहकारी भएको हो ।

 आयात प्रतिस्थापन र सामाजीक न्याय भन्ने नाराका साथ राष्ट्रिय सहकरी दिबसको अबसरमा तौलीहवामा सम्पन्न भएको कार्यक्रममा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहले सम्मान पत्र र नगद दुइ हजार रुपैया साथी सहकारीका अध्यक्ष प्रकास भुसाललाई प्रदान गर्नु भएको हो । पुरस्कार ग्रहण गर्दै साथी सहकारीका अध्यक्ष प्रकास भुसालले बिदेसिएका युकाहरुलाइ स्वदेसमै रोजगारी सृजना गर्ने कार्यमा सहकारीले काम गर्नु पर्ने र स्थानीय उत्पादनको क्षेत्रमा सहकारीले लगानी गर्नु पर्ने बताए ।

चुत्राबेसीका युबाहरुले २०६९ सालमा स्थापना भएको यस सहकारीका एक हजार साधारण सदस्य रहेका छन । यस सहकारीले बचत तर्फ दैनिक बचत योजना,ऐच्छिक बचत योजना,बाल बचत योजना,नियमित बचत योजना,कर्मचारी बचत योजना, र मुद्धती बचत योजना सञ्चालन गरेको सहकारीका अध्यक्ष प्रकास भुसालको भनाई छ । कर्जा तर्फ शेयर होल्डर कर्जा,कृषि कर्जा,घर कर्जा, ब्यबसाय कर्जा, र ब्यक्तिगत कर्जा जस्ता कर्जा प्रबाह गर्दै आएको छ ।


वैशाख ४ - नेत्र बिक्रम चन्द “विप्लव“ नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले व्यवसायिक शिक्षा तथा तालिम परिषदले गरेको शुल्क वृद्धि खारेजी गर्नुपर्ने, मनोमानी ढंगबाट शुल्क असुल्ने कार्य रोक्नुपर्ने लगाएत माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । शुल्कवृद्धि गर्दा गरिब किसानवर्गका छोराछोरीले प्राविधिक शिक्षाको पहुँचबाट बन्चित हुनुपरेकाले चरणबद्ध आन्दोलनको घोषणा गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य छबि थापाले जानकारी दिनुभयो ।
अर्घाखाँचीको सन्धिखर्कमा गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता हुने भएको छ । 
सन्धिखर्कको चुत्राबेसीमा रहेको युबाहरुको समुह अर्घाखाँची युबा परिसदको आज बसेको बैठकले बैसाख १८ गते देखि भसलबल प्रतीयोगीता सञ्चालन गर्ने निर्णय गरेको हो । 
भलिबल खेल सञ्चालनकालागि परिसदका आजीबन सदस्य तथा सन्धिखर्कका नरेस रायमाझिले कम्तीमा ५ बर्षकोलागि प्रत्येक बर्ष एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने पनि घोषणा गरेको परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए । रायमाझिले क्लबले सञ्चालन गर्ने अधिकांस कार्यक्रममा सहयोग गरेको र सहयोगको निरन्तरता प्रदान गरेको भन्दै बैठकमा धन्यबाद ज्ञापन पनि  गरिएको छ ।
काम गर्दा छिटो र छरितो गर्नकालागि अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षतामा सात सदस्यीय सचिबालयको पनि गठन गरेको छ । जसको सदस्यहरुमा धर्मराज भुसाल, रुद्र श्रेष्ठ, ज्ञानेन्द्र घिमिरे र कृष्ण खनाल रहेका छन । 
आजको बैठकले बिभिन्न उपसमितिहरु प्नि निर्माण गरेको छ । प्रकास भुसालको संयोजकत्वमा ब्यबस्थापन तथा निति निर्माण उप समिति, बाबुराम श्रेष्ठको संयोजकतवमा सामाजीक सेवा समिति, प्रेमनारायण आचार्यको संयोजकत्वमा सञ्चार तथा प्रचारप्रसार उपसमिति, सहयोगी बिसीको संयोजकत्वमा सास्कृतिक उपसमिति, राजकुमार श्रेष्ठको संयोजकत्वमा धार्मिक बिभाग उपसमिति र ज्ञानेन्द्र घिमिरेको संयोजकत्वमा खेलकुद उपसमितिको गठन गरेको छ । 
क्लबलाइ आर्थिक तथा अन्य सहयोग गर्ने कल्बका आजीबन सदस्य नरेस रायमाझिलाइ सल्लाहकारमा पनि मनोनीत गरेको छ । साथै बैठकले बार्षिक पात्रो प्रकासन गर्ने, सन्धिखर्क बजारमा प्रबेसद्धार निर्माण गर्ने पनि निर्णय गरेको पसिदका सदस्य प्रकास भुसालले बताउनु भयो । 

   बैठक परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, र महासचिब धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
 
 
  इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । बिहीबार राती भएको खेलमा सनराइजर्सले दिएको १ सय २८ रनको लक्ष्य राजस्थानले ४ विकेटको क्षतीमा भेट्यायो ।
पहिले टस जितेर फिल्डिङ रोजेको राजस्थानले  निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनायो । टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।
आईपिएलमा शुक्रबार मुम्बई ईन्डियन्स् र सुपर किङ्सबीच मुम्बईमा खेल हुनेछ । unn.com.np
भारतमा माओवादीका शीर्ष नेतालाई प्रहरीले पक्राउ गरेको छ । विद्रोही समुह माओवादीका शीर्ष नेता शिवप्रसाद सिंहलाई राँची प्रहरीले प्रक्राउ गरेको राँचीका एसएसपी प्रभात कुमारले पुष्टि गर्नुभएको हो ।

नेता सिंहलाई पिठौरिया थाना क्षेत्रको नकारी जंगलबाट प्रक्राउ गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । उनलाई प्रक्राउ गर्नेलाई भारतीय सरकारले २५ लाख रुपैँया इनामको घोषणा गरेको थियो ।

सन् १९८४ मा सिपिआई पार्टी युनिटिमा संलग्न रहेका उनी सन् २००४ देखि माओवादीमा संलग्न भएको खबरमा उल्लेख छ ।  unn.com.np

Thursday, April 16, 2015

प्रेमनारायण आचार्य

नरपानी, अर्घाखाँची १ बैसाख ।  पर्यटकीय स्थल अर्घाखाँचीको नरपानी सुपा देउरालीमा एक दिने पर्यटन महोत्सब सम्पन्न भएको छ । पर्यटकीय स्थलहरु नर्तनाञ्चल पर्बत, सुपा देउराली र खाँचीकोट  दरबारको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उदेश्यले महोत्सवको आयोजना गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रीतम थापाले बताए । 
मेलामा स्थानीय मगर तथा गुरुगं जातीका भेसभुसा, नाच, गित, खाना तथा झाकी,सहित राष्ट्रिय स्तरका लोक कलाकारहरुको समेत प्रस्तुती रहेको  महोत्सब आयोजक नर्तनाञ्चल युबा कल्बका अध्यक्ष मेगबहादुर थापाले बताए । धार्मिक पर्यटकीय स्थल सुपा देउराली, पृथ्बी नारायण शाहको मावली खाँचीकोट दरबार तथा पर्यटकीय स्थल नरपानी र नर्तनाञ्चल पर्बतको प्रचार प्रसार गरि आन्तरि तथा बाह्य पर्यटक भित्रयाउनका लागि महोत्सब आयोजना गरिएको थियो । 
 
 
नयाँ बर्षको अबसरमा गरिएको कार्यक्रमको मञ्चमा प्रबेस गर्दा बित्तिकै जन गायक जीबन शर्माले सबै मानीस, मधेसी, पहाडी, हिमाली, जुन ठाउ र  जे जातका भए पनि सबै नेपाली एक भएको यो गीत गाए । उनले अहिले जातजाती र एक मधेस एक प्रंदेश जस्ता नारा देखाएर नेपालीबिच बैमनस्यता र दुस्मनीको सृजना गर्न बिभिन्न दल लागेको पनि गित मार्फत बताए ।  उनले सबै नेपाली एक जुट हुने मात्र हैन, संबिधानसभाको निर्बाचनमा दलका नेता र सभासदले दिएका खोक्रा आस्वासन  र उनीहरुले गरेको प्रतिबद्धता पुरा नगरेको पनि गित मार्फत प्रस्तुत गरे ।
पहिलो संबिधान सभाको निर्बाचनबाट संबिधान बन्न नसकेको , पहिलो संबिधानसभाको बिघटनका कारण दोस्रो संबिधान सभाको निर्बाचन भएको पनि गित मार्फत प्रस्तुत गरे । नेताहरु सत्ता र पदमा बढि केन्द्रित रहेको जनता संग गरेको प्रतिबद्धता कार्यन्वयन नगरेको , जनताको मर्म र भाबनालाइ नबुझेको  गित गाएर उपस्थित दर्शकलाइ भाबुक बनाए । उनले गाएका सबै गित यति क्रान्तीकारी र उर्जाशिल थिएकि सबै दर्शकहरुलाइनै जुरुकजुरुक बनाएको थियो । 
    पर्यटकीय स्थलहरु नर्तनाञ्चल पर्बत, सुपा देउराली र खाँचीकोट  दरबारको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । मेलामा स्थानीय मगर तथा गुरुगं जातीका भेसभुसा, नाच, गित, खाना तथा झाकी,सहित राष्ट्रिय स्तरका लोक कलाकारहरुको समेत प्रस्तुती रहेको थियो । मेलाको सभासद डा. दुमन सिंह थापाले उद्घाटन गरेका छन । मेलाको उद्घाटन गदैैै सभासद थापाले अर्घाखाँचीमा लुम्बिनीमा आएका पर्यटक भित्रयाृन महोत्सबले मदत गर्ने बताए ।  

  गोरुसिंग सन्धिखर्क सडकमा पर्ने नरपानीमा हुने मेला अबलोकनकालागि गोरुसिंगेबाट झण्डै ५४ किलो मिटरको यात्रा गर्नु पर्छ । तराइको गर्मीबाट झण्डै डेढ घण्टाको गाडी यात्रामा नरपानीमा आउन सकिन्छ । नरपानी चिसो ठाउ हो । यहा अहिले पनि रातीमा सिरक ओढेर सुत्नु पर्ने तथा हिमाल पनि हेर्न सकिन्छ । 
मेलामा हास्य कलाकार कमल गाँउले, नायक शित्तल केसी, राष्ट्रिय लोक गायक डिल बिक्रम राण, मोहीत मुनाल मदन नेपाली, सागर परियार, एमडी महत लगायतका  राष्ट्रिय तथा अन्य स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतीष्ठानका जिल्ला अध्यक्ष सहयोगी बिसीले बताए । सुपा देउरालीमा आएर पाठो तथा पाठीको बली दिने र नरपानीमा आएर बनभोज जस्तै गरि देउराली खाने र नाच्ने गाँउने गर्न अर्घाखाँचीका अलवा कपिलबस्तु, रुपन्देही, दांग, बाके, नवलपरासी, गुल्मी, पाल्पा लगायतका जिल्लाबाट दर्शनाथीेहरु आउने गर्दछन ।
 
 
 
प्रेमनारायण आचार्य

खन, अर्घाखाँची । फेसबुकको प्रयोग गर्न जाने फाइदा, नजाने घाटा । अहिले फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालको प्रयोग नगर्ने मानिस कमै छन् ।
 
अर्घाखाँचीको खन गाविसस्थित कालिका नेरा उच्च मावि १० थान कम्प्युटर प्रदान गरिँदै । तस्बिर : प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
साना देखि ठुला सबैको खुसी साट्ने र विरह पोख्ने माध्यम सामाजिक सञ्जाल बनेका छन् । फेसबुकको दुरुपयोग गर्दा कतिपय मानिसले साइबर क्राइम अन्तर्गत सजाय समेत भोगिरहेका छन् । अर्घाखाँचीमा भने फेसबुकबाटै आधुनिक शिक्षा अभियान सुरु भएको छ । फेसबुक च्याटबाटै जिल्लामा आधुनिक शिक्षा अभियानको सञ्चालन गरिएको हो । न त कुनै सरकारी बजेट न त कुनै देशी तथा विदेशी गैरसरकारी संस्थाहरुको सहयोग । देश छाडेर रोजगारीमा विदेशिएका युवाहरुकै पहलमा यो सम्भव भएको हो । इच्छाशक्ति हुने हो भने गर्न नसकिने काम केही नहुने कुराको पुष्टि अर्घाखाँचीका युवाहरुले गरेका छन् । उनीहरुले फेसबुककै प्रयोग गरेर जिल्लाका सबै विद्यालयमा वैज्ञानिक र कम्प्युटर शिक्षा प्रदान गर्न आधुनिक शिक्षा अभियान सञ्चालन गरेका छन । ६ महिनाअघि फेसबुकबाटै शुरु अभियानका क्रममा डिभर्ना गाविसमा रहेको बिजय उच्च माध्यमिक विद्यालय र खन गाविसमा रहेको कालीका नेरा उच्च माविमा १० थान कम्प्युर हस्तान्तरण गरिएको छ । अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान संस्था जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा दर्ता गरी त्यसको अभियानबारे फेसबुकमा जानकारी गराएपछि विदेशमा रोजागरी गरिरहेका युवाहरु सहयोगका लागि कसिएका हुन् । अभियानबारे फेसबुकमा जानकारी गराएपछि सहयोग जुट्न थालेको अभियानका परिकल्पनाकार राजु खड्काले बताए ।  कम्पयुटर र प्राविधिक शिक्षा नहुँदा नेपाली विदेशिनु परेको र विदेशमा पनि राम्रो काम पाउन प्रविधियुक्त शिक्षा आवश्यक रहेकाले यो अभियान शुरु भएको हो, खड्काले भने,  मैले जस्तै सिप र प्रविधि नजान्दा विदेशमा गएका अर्घाखाँचीका युवायुवतीले पाएको दुःख र कष्ट अबका पुस्ताले ब्योहर्न नपरोस भनी यो अभियान थालेका हौं । यो अभियानमा जसले जहाँबाट सहयोग जुटाए पनि सहयोग गर्ने मानिसको नाम र सहयोग रकम फेसबुकको पेजमै राखिन्छ । सहयोग पारदर्शी हुने भएकाले सहयोगीहरु पनि बढ्ने क्रम जारी छ । बहराइनमा रहेका संस्थाका अध्यक्ष युवराज खत्रीको सक्रियतामा विजय उमाविमा १० थान कम्प्युटर प्रदान गरिएको छ । त्यस्तै खनका युवा युवतीको सहयोगमा १० थान  कम्प्युटर वितरण गरिएको छ । यसलगत्तै सार्बजनिक उच्च मावि छत्रगञ्ज, सुधा उच्च मावि जुकेना, सिद्ध मावि बागी, ज्ञानप्रकाश मावि सल्लीकोट डिभर्ना, सरस्वती मावि सितापुर , शिवमदन उमावि सतिनेटा र नुवाकोट मावि चिदीचौरमा शैक्षिक सामाग्री हस्तान्तरण गरिने सस्थाका महासचिव सुदन खड्काले बताए । सार्वजनिक उच्च मावि छत्रगञ्जको लागि भारतमा रहेका मोहन रानाभाट,  सुधा उच्च मावि जुकेनाको लागि अफ्रिकामा रहेका तुलसीराम भण्डारी र मलेसियामा रहेका युवराज पौडेल,  सिद्ध मावि बागीको लागि कतारमा रहेका रामप्रसाद पराजुलीले सहयोग संकलन गरिरहेका छन् ।

त्यस्तै  ज्ञानप्रकाश माबि सल्लीकोट डिभर्नाको लागि बहराइनका रामु घिमिरे,  सरस्वती मावि सितापुरका लागि दुबईमा रहेका भीम खनाल र श्याम खनाल, शिवमदन उमावि सतिनेटाको लागि दुबईमा रहेका श्रीधर महत्रा र  नुवाकोट मावि चिदीचौरकालागि बहराइनमा रहेका सुर्य थापा  शैक्षिक सामाग्रीका लागि सहयोग जुटाएर छिटै हस्तान्तरण गरिने अभियानका अध्यक्ष युवराज खत्रीले बताए । त्यसैगरी जिल्लामा रहेका सम्पुर्ण उच्च मावि, मावि , निमावि र प्राविमा सहयोग जुटाई शैक्षिक सामाग्री हस्तान्तरण गरिने बताइएको छ । समयअनुसारको प्रविधियुक्त शिक्षा दिन यो अभियानले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ । 
 

Wednesday, April 15, 2015

My photos














Hello

Hello I am Prem narayan Acharya welcome to my webside !