Tuesday, May 12, 2015

मंगलबार दिउँसो १२ बजेर ५० मिनेट जाँदादेखि दुई बजेर ६ मिनेट जाँदा सम्म पाँच रेक्टर भन्दा माथिका ८ वटा भुकम्प गएका छन् । दिउँसो १२ बजेर ५० मिनेटमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
त्यसपछि १ बजेर २ मिनेट जाँदा ५ दशमलव ६, १ बजेर १९ मिनेट जाँदा ५ दशमलव ५, १ बजेर २१ मिनेट जाँदा ६ दशमलव २, १ बजेर ५१ मिनेटमा ५ दशमलव १, १ बजेर ५८ मिनेट तथा २ बजेर ६ मिनेट जाँदा ५ दशमलव २ रेक्टर र २ बजेर ६ मिनेट जाँदा नै ५ दशमलव ३ रेक्टरको भूकम्प गएको हो ।

0 comments:

Post a Comment