Wednesday, October 14, 2015

प्रेम आचार्य

अर्घाखाँची / कोरिया । अर्घाखाँचीबाट रोजगारीकोलागि कोरिया गएका युबाहरुको छाता संगठन अर्घाखाँची कोरिया सम्पर्क मन्चको भेला कोरियामा सम्पन्न भएको छ । 
 अर्घाखाँचीबाट रोजगारीकोलागि कोरिया गएका युबाहरुको छाता संगठन अर्घाखाँची कोरिया सम्पर्क मन्चको भेला पछि सामुहिक तस्बीर खिच्दै सहभागीहरु ।
 
 
 जिल्लाबासीहरु एक भई परेका समाधान गर्न र रोजगारी तथा अन्य कार्यमा परेका अफ्ठेरा कामको समाधान गर्नका लागि गठन भएको मञ्चको भेलाले अध्यक्षको कार्यभार उपाध्यक्ष बाबुराम आचार्य र सचिब को काम फर्सु राम पौडेल लाई जिम्मेवारी दिएको छ । 

भाग्यशाली उपहार योजनाको प्राप्त आम्दानि को चालीस लाख वन रकम बार्सिक १० प्रतिसत ब्याजदर र  एक जनाले दस लाख वन ऋण तीन महिनाको अबधिको लागि लिन पाउने निर्णय गरेको  कोषाध्यक्ष भरत पान्डेले बताए । 

 अध्यक्ष सचिव लगाएत केही पदाधिकारी केही महिनाको लागि घर जाने भएकाले अध्यक्षको कार्यभार उपाध्यक्ष बाबुराम आचार्य र सचिब को काम फर्सु राम पौडेल लाई जिम्मेवारी दिने निर्णय भएको कार्यबाहक अध्यक्ष बाबुराम आचार्यले बताएका छन । 

  खेलकुद समन्धी कार्यक्रमको लागि बाबुराम आचार्य लाई सम्योजक को जिम्मेवारी दिएको छ । त्यस्तै बैठकले  अर्घाखाँची बाट पिएचडी गर्न कोरिया गएका डेबिट बश्याल लाई सल्लाहकार समितिको सदस्य र कार्यसमिति को सदस्य मा अरुन सेजवाल , मेघराज खनाल र टिकाराम पोखरेल लाई मनोनीत गरेको छ ।