Wednesday, May 20, 2015


प्रेमनारायण आचार्य
   अर्घाखाँची ६ जेठ । अर्घाखाँचीबाट रोजगारीकोलागि कोरीयामा गएका युबाहरुले नेपालमा गएको बिनासकारी भुकम्पबाट भएको बिनासको उद्धार र राहातको लागि ती लाख एक हजार रपैया आर्थिक सहयोग गरेका छन ।

   अर्घाखाँचीबाट कोरीया गएका अर्घाखाँचीबासीको साझा मञ्च अर्घाखाँची कोरीया सम्पर्क मञ्चको पहलमा कोरीयामा पसीना बगाएर कमाएको थोरै रकम भए पनि नेपालका भुकम्प पिडीतलाई सहयोग गर्न सकियोस भन्ने हेतुले राहात रकम जम्मा गरेको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष युबराज पाण्डेले बताए ।

 अर्घाखाँचीबाट कोरीयामा गएका युबायुबतीको सानो सहयोगले पनि भुक्मप पिडीतको घाँउमा मलाम लगाउन सकिने र थोरै थोरै रकम गरेर धेरै रकम जम्मा हुने बिस्वासकासाथ रकम संकलन  गरेर राहातकालागि पठाएको अर्घाखाँची सम्पर्क मञ्चका उपाध्यक्ष बाबुराम आचार्यले बताए ।

अर्घाखाँची कोरीया  सम्पर्क मञ्चका अध्यक्ष युबराज पाण्डे, उपाध्यक्ष बाबुराम आचार्य, सचिब  झबिन्द्र बेल्बासे , कोषाध्यक्ष भरत पाण्डे लगायत सम्पुर्ण  अर्घाखाँचीका युबाहरुको  पहलमा संकलन भएको तीन लाख एक हजार रुपैया आजै जिल्ला दैबीक प्रकोप उद्धार समिति अर्घाखाँचीको राष्ट्रिय बाणिज्य बैकको खातामा जम्मा गरिएको मञ्चका पुर्ब कोषाध्यक्ष गणेश थापाले बताए ।

राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेको भौचर आजै मञ्चका पुर्ब अध्यक्ष कर्णजंग रायमाझि र पुर्ब कोषाध्यक्ष गणेश थापाले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालललाई हस्तान्तरण गरेका छन ।

 सहयोग रकमको भौचर बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले कोरीयामा गएका अर्घाखाँचीबासीले संकलन गरेर पठाएको सहयोग रकम प्रधानमन्त्रि रााहातकोषमा जम्मा गर्ने बताउदै कोरीयामा गएका अर्घाखाँचीबासीले बिपदमा गरेको सहयोगको प्रसंसा समेत गर्नु भएको छ ।

  

0 comments:

Post a Comment