Saturday, April 18, 2015


दोहोरो नागरिकत्ता भएको भन्दै कपिलबस्तुमा नेकपा माओवादी विप्लव समूहले १० बिगाहा जग्गा कब्जा गरेको छ । कपिलबस्तुको बाणगंगा नगरपालिका ८ बभनीका शिवानन्द कुर्मीको सोहि स्थानमा रहेकोे १० बिगाहा जग्गा आज विप्लव समूहले झन्डा गाडेर कब्जा गरेको हो । माओवादीका जिल्ला सचिव संगम पुनको नेतृत्वमा गएकोे समूहले जग्गामा पार्टीको झन्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो । दोहोरो नागरिकत्ता भएको, स्थानीय जनताको जग्गा आफ्नो नाममा दर्ता गराइ जग्गा हडपेको र गैलजमिन्दार भएकोले जग्गा कब्जा गरिएको जिल्ला सचिव संगम पुनले बताउनुभयो । साथै उहाले जमिन जमिनदारको नभई उपभोग र जोत्ने किसानको हुनुपर्ने भन्दै स्थानीयवासीको जग्गा प्राप्तिको आन्दोलनमा आफूहरू जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने चेतावनी दिनुभयो ।
Categories:

0 comments:

Post a Comment