Wednesday, June 17, 2015

कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2072-03-01 (2015-06-16) (Episode-86)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली  अर्घाखाँची, नयाँ एफ.एम अर्घाखाँची, रेडियो माण्डवी प्युठान,
           रेडियो मालिका एफ.एम. कालिकोट, रेडियो मर्निङ् स्टार एफ.एम. नेपालगञ्ज,
          रेडियो मनासलु एफ.एम. गोरखा  

बिषय : यो शृङखलामा धेरै बिषयहरुमा छलफल गरिएको छ
    

२०७२ साल असार १ गते मंगलबार  
          

नमस्कार ! म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र तुल्सीराम पौडेल/जनक थापा । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….  
यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस….  लामो छैन मात्र 9 MB  को  हो……   

 
Listen And Download 


Download : click here to download

कार्यक्रम सुन्नु र डाउनलोड गरिदिनु भएकोमा धेरै धन्यबाद.......
 

Wednesday, June 10, 2015

कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2072-02-26 (2015-06-09) (Episode-85)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली  अर्घाखाँची, नयाँ एफ.एम अर्घाखाँची, रेडियो माण्डवी प्युठान,
           रेडियो मालिका एफ.एम. कालिकोट, रेडियो मर्निङ् स्टार एफ.एम. नेपालगञ्ज,
          रेडियो मनासलु एफ.एम. गोरखा 

बिषय : मान्छेले किन अरुको, कुरा काट्न छोड्दैन होला ?
  
 २०७२ साल जेठ २६ गते मंगलबार  
 
नमस्कार ! म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र तुल्सीराम पौडेल/जनक थापा । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….  
यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस….  लामो छैन मात्र 9 MB  को  हो……  
 

Listen And Download 




तँपाइको पुराना यादहरु बल्झाउने हाम्रो प्रयास.......      

Tuesday, June 9, 2015


प्रेमनारायण आचार्य
   अर्घाखाँची २६  जेठ । रोजगारीको लागि कतार गएका युबाहरुले अर्घाखाँचीका भुकम्प पिडीतहरुलाई राहात बितरण गरेका छन ।


अर्घाखाँचीबाट रोजगारीकोलािग कतार गएका जिल्लाबासीहरुको साझा संगठन अर्घाखाँची सेवा समाज दोहा कतारले भगबती गाविसका ९ घरपरिबारलाई राहात बितरण गरेको हो ।

भगबती गाविसका ३ घरपरिबारलाई १० पाताका दरले जस्ता पात, ५ घरपरिबारलाई ५ हजारका दरले नगद र एक घरपरिबारलाई ३० केजी चामल राहात स्वरुप प्रदान गरेको अर्घाखाँची सेवा समाज दोहा कतारका अध्यक्ष युबराज पाण्डेले बताउनु भयो ।


  अर्घाखाँचीबाट कतारमा गएका युबायुबतीको सानो सहयोगले पनि भुक्मप पिडीतको घाँउमा मलाम लगाउन सकिने र थोरै थोरै राहात सहायोले पनि पिडीतको घाउमा मलामपटी लगाउने हेतुले राहात बितरण गरिएको   अर्घाखाँची सेवा समाज दोहा कतारका पुर्ब कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।


  जिल्लाका अन्य स्थानमा पनि भुकम्प पिडीतको लागि राहात वितरण गरिने र राहात नपाएका र सहयागे गर्नु पर्ने खालका परिवार भए जानकारी दिनकालागि पनि अर्घाखाँची सेवा समाज दोहा कतारका अध्यक्ष  पाण्डेले बताएका छन ।

कार्यक्रममा अर्घाखाँची सेवा समाज दोहा कतारका अध्यक्ष युबराज पाण्डे, सरस्वती उच्च माबीका प्रधनाध्यापक ठाकुर प्रसाद पाण्डे, स्थानीयस अगुवाहरु ठाकुर प्रसाद मरासिनी, भोलानाथ पाण्डे,हरिप्साद पाण्डे, लक्ष्मण मरासिनी,नारायण प्रसाद पाण्डे,मनिराम पाण्डे, मणिराम पाण्डे, सेवा समाज दोहा कतारका पुर्ब कोषाध्यक्ष राजकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।


Monday, June 8, 2015


प्रेमनारायण आचार्य
   अर्घाखाँची २५ जेठ ।  सन्धिखर्कको टुडीखेलमा आज देखि अर्घाखाँची पाणिनि धार्मिक महोत्सब सुरु भएको छ ।

अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा रहेको  पाणिनि बहुमुखी कयामपसको भौतीक संरचना र शैक्षिक गुणस्तर बृद्धिका लागि  सहयोग जुटाउने उदेश्यले सञ्चालन गरिएको  महोत्सब जेठ ३२ गते सम्म चल्ने छ ।

  महोत्सबको बैदीक बिधि पुर्कक पञ्चकन्याले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका छन ।  उद्घाटन अघि १० बजे पञ्चेबाजा र झाकी सहितको ५१ सय कलशको कलश यात्रा निकालिएको थियो । कलस यात्राले सन्धिखर्क र चुत्राबेसी बजारको परिक्रमा गरेको थियो । 


 महोत्सबमा अन्तराष्टिय कथाबाचक गोबिन्द शरण महाराजले कथा बाचन गर्नु हुने छ । संगीतमय श्रीमद् भागबत कथाबाचन गरिने महोत्सबमा योग बिज्ञान शिबीर , कथा तथा प्रबचन श्रबण सहित  सबै प्रकारका पुजापाठहरु बैदिक बिधिपुर्बक गरिने र संकलित रकम क्याम्पसको भौतिक संरचना निर्माणको लागि खर्च गरिने महोत्सब मुल आयोजक समारोह समितिका संयोजक कमल प्रसाद भुसालले बताउनु भयो ।


  कलश यात्रामा प्रयोग गरिएका  ५१ सय कलशको बैदीक बिधि पुर्बक पुजा अर्चना गरेर भक्तजनलाई बितरण गरिने कार्यक्र रहेको छ । त्यस्तै हजार शालिकराम भगबानको पुजा अर्चना सहित महायज्ञमा रुद्री चण्डी, ब्रतबन्ध, तुलादान, धानाञ्चल पर्बत, गौदान । लक्षय बत्ती प्रज्वलन सहितका बिभिन्न पुजाआजा  समेत गर्न सकिने आयोजकले बताएको छ ।


बिहानमा योग शिबीर, पुजापाठ, दिउसो कथा बाचन तथा प्रबचन सहित भजन कृतन,  साझ प्रसाद बितरण र पछि पुन भजनकृतनको कार्यक्रम राखिएको आउोजक सस्थाले जनाएको छ ।


Saturday, June 6, 2015


प्रेमनारायण आचार्य
  अर्घाखाँची २३ जेठ । अर्घाखाँची जिल्लालाई नेपालकै आठौ जिल्लाको रुपमा  कार्यक्रमका बिच साक्षर जिल्ला घोषणा गरिएको छ ।

सभ्य र सक्षम नागरिक हाम्रो अभियान साक्षर अर्घाखाँची हाम्रो पहिचान भन्ने नाराका साथ जिल्लामा लक्षित समुह १५ देखि ६० बर्ष उमेरका ९७.५४ प्रतिशतले अंक र अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भए पछि सन्धिखर्कको शान्ती बगैचामा एक भब्य कार्यक्रमका बिच पुर्ण साक्षर जिल्ला घोषणा गष्रएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै एमाओबादीका नेता रायमाझिले राष्ट्रिय सहमतीको सरकार गठनकालागि छलफल चलेपनि कुन पाटी र कुन नेताको नेतृत्वमा सरकार बन्ने बिषयमा छलफलनै नचलेको बताउनु भयो ।

कार्यक्रममा अनौपचारीक शिक्षा केन्द्रका महा निर्देसक बाबुराम पौडेल, क्षेत्रीय निर्देशक बैकुण्ठ प्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला,एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, राजमोका सागर केसी, राप्रपका अम्मरबहादुर थापा, जनमुक्ति पाटीका टोपबहादुर बलााल,परिबार दलका डिल्लीराज भुसाल, नेपाल शिक्षक महासंघका केन्द्रिय उपाधयक्ष हरिप्रसाद भुसाल, जनज्योती उमाबीका प्राचार्यदिनानाथ आचार्य, सामुदायीक अध्यन केन्द्रको तर्फबाट माधब प्रसाद पौडेल,अभियानकर्मि साबित्रा बिक लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले जिल्लाको प्रतिबेदन बाचन गर्नु भएको थियो । कार्यक्रम स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षता, नरेन्द्र बेल्बासेको स्वागत र माधब बन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो ।


Thursday, June 4, 2015


प्रेमनारायण आचार्य

  अर्घाखाँची २१ जेठ । ६ महिना देखि बिज्ञान बिषयको शिक्षक नहुदा आफुहरुको पढाई प्रभावित भएको भन्दै गौरा माबी ठाडा रजीयाका बिद्यार्थीले बिद्यालयमा तालाबन्दी गरेका छन ।

    बिगत ६ महिना देखि निमाबी तथा माबी तह दुबैमा बिज्ञान बिषयको शिक्षक नहुदा पनि शिक्षक नियुक्ति हुन नसक्दा आफुहरुको पढाइ प्रभावित भएको भन्दै गएको आइतबार देखि बिद्यार्थीले तालाबन्दी गरेका हुन । बिद्यार्थीको तालाबन्दीले बिद्यालयमा पठनपाठन ठप्प भएको छ ।

 हिज मंगलबार सम्म ९ र १० कक्षाको पढाई मात्र बन्द गरेका बिद्यार्थीले हिज बुधबार देखि बिद्यालयका सबै कक्षा ठप्प पारेर आन्दोलीत भएको स्थानीय बासिन्दाले बताएका छन ।

   निमाबी तहको बिज्ञान बिषयको शिक्षक सरुवामा बिाबाद भएको र माबीको बिज्ञान राहात दरबन्दीको परीक्षा हुन नसक्दा शिक्षक नभएको भन्ने गुनासो आएको र तत्काल शिक्षक नियुक्तिकालागि प्रकृया अगाडी बढाउन प्रधनाध्यापक र ब्यबस्थापन समितिलाई आग्रह गरेको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले बताए ।निमाबीको सरुवा नमिले नया परीक्षा गराउन र माबी बिज्ञान राहात दरबन्दीको पनि तत्काल परीक्षा गराएर पढाइ सुचारुकालागि निर्देसन दिएको जिशिअ धामीको भनाइ छ ।

  निमाबीको शिक्षक सरुवा र माबीको नँया शिक्षकमा बिबाद बढेपछि ६ महिना देखि पढाइ हुन नसकेको हो । ६ महिना सम्म शिक्षक नहुदा पनि शिक्षक नियुक्तिमा कसैले पहल नगरेको स्थानीय बासीको भनाइ छ ।

Wednesday, June 3, 2015


  प्रेमनारायण आचार्य
  अर्घाखाँची २० जेठ । स्थानीय शान्ती समिति अर्घाखाँचीको आयोजनामा जिल्लाका शहिद  तथा बेपत्ता परिबारका एक सय १५ जनालाई आज सन्धिखर्कमा सम्मान तथा अभिनन्दन गरिएको छ ।

 १० बर्षे द्धन्द्धको समयमा तत्कालिन  राज्य पक्ष र बिद्रोही पक्षबाट  मारिएका शहिद परिबार ,र बेपत्ता पारिएका जिल्लाका एक सय १५ जना को परिबारलाइ सम्मान तथा अभिनन्दन गरिएको छ । शहिद परिबार ,र बेपत्ता पारिएका एक सय १५ जना को परिबारलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
     सम्मान तथा अभिनन्दन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जिल्ला उपसचिब प्रेमनारायण गैरे, एमाओबादीका केन्द्रिय सल्लाहकार राजु नेपाली, राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का, शहिद परिबारका बिष्णु क्षेत्री, सिद्धिप्रसाद भुसाल, स्थानीय शान्ती समितिका पुर्ब संयोजक रामजी घिमिरे लगायतले मन्तब्य राखेका थिए ।
  कार्यक्रम स्थानीय शान्ती समितिका संयोजक ठाकुर कुमार बिकको सभापतित्व र सदस्य झबिलाल थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2072-02-19 (2015-06-02) (Episode-84)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली  अर्घाखाँची, नयाँ एफ.एम अर्घाखाँची, रेडियो माण्डवी प्युठान,
           रेडियो मालिका एफ.एम. कालिकोट, रेडियो मर्निङ् स्टार एफ.एम. नेपालगञ्ज,
          रेडियो मनासलु एफ.एम. गोरखा 
 
बिषय : आफ्नो मान्छे अर्कैसँग बोल्दा किन आफुलाई रिस उठ्छ होला ?     

२०७२ साल जेठ १९ गते मंगलबार       

नमस्कार ! म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र तुल्सीराम पौडेल/जनक थापा । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….  
यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस….  लामो छैन मात्र 9 MB  को  हो……  
 

Listen And Download  






तँपाइको पुराना यादहरु बल्झाउने हाम्रो प्रयास.......