Saturday, April 9, 2016

प्रेम आचार्य
  अर्घाखाँची २७ चैत । अर्घाखाँचीको ढिकुरा गाविसमा गए राती भरुवा बन्दुकको गोली  लागेर एक जनाको ज्यान गएको छ ।

  ढिकुरा गाविस वाड न. ७ चरेपानीमा भरुवा बन्दुकको गोली  लागेर स्थानीय १८ बर्षिय केस बहादुर तंगनामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नव रत्न पौडेलले बताउनु भयो ।

स्थानीय अन्दाजी  ३५ बर्षिय डेम बहादुर गुरुंगले बोकेको बन्दुकको गोली लागेर घटनास्थलमै मगरको ज्यान गएको हो । बन्दुक चलाउने गुरुंग का सबै परिवार फरार रहेका छन ।

  घटना घटेको थाहा पाए लगत्तै रातीनै जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रनाउ पौडेलको नेतृत्वमा टोली घटनास्थलमा पुगि अनुसन्धान र खोजी कार्य गरिरहेको छ ।
फरार रहेका गुरुंग सपरिवारको  खोजी भै रहेको र घटना कसरि भयो भन्ने वारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।