Tuesday, November 13, 2018

कमला  पोख्रेल
सन्धिखर्क २७ कात्तिक । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको विस्तृत बैठक विपि स्मृति भवन सन्धिखर्कमा जारी छ । 

आज देखि सुरु भएको बैठकमा पाटीले आगामी दिनमा खेल्नु पर्ने विषयमा जिल्ला सदस्य तथा जिल्ला पदाधीकारीहरुले आआफ्नो धारणा राखिरहेका छन । बोल्ने क्रम नसकिएकोले बैठक भोलि पनि बस्ने र पाटीले गर्ने प्रशिक्षण कार्यक्रमका बारेमा निर्णय गर्ने जिल्ला सदस्य माधव प्रसाद पौडेलले बताउनु भयो । 

बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मानबहादुर बिक, पुस्पा भुसाल , जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, स्थानीय सरकारका प्रमुखहरु शितगंगा  नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी, पाणिनि गाँउ पालिकाका प्रमुख अच्युत गौतम, छत्रदेव गाँउपालिकाका प्रमुख लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द वेल्वासे लगायतको पनि सहभागीता रहेको छ । 

बैठक नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कानको सभापतित्व र सचिव विष्णु भुसालको सञ्चालनमा बसेको हो ।  

Categories:

0 comments:

Post a Comment