प्रेमनारायण आचार्य
अर्घाखाँची ७ बैसाख । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनामा मृत्यु भएका मृतकको सम्झनामा लेखिएको अतितको स्मृति नामक पुस्तकको आज बिमोचन गरिएको छ ।
बार्षिक पुण्य तिथीको अबसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत वांगला घर भएका स् .डा.बिष्णु आचार्य, बुबा जनार्दन आचार्य , आमा मिना आचार्य र माहिली हजुरआमा शान्ता देबी आचार्यको स्मृतिमा वांगलाको आचार्य परिबारले अतितको स्मृति नामक पुस्तकको प्रकासन गरेको हो । पुस्तकको जिल्ला स्वास्थ्य कार्यलय का डा जगन्नाथ तिवारीले बिमोचन गरेका छन ।
कार्यक्रममा पुस्तककी प्रकासक सिता पौडेलले प्रहरी प्रसासनको कमजोरी कारण आफुले आमा, दाई भाउजु तथा भाइ गुमाउनु परेको बताइन । लाइसेन्सनै नभएको ब्यक्तिले ट्रक चलाएका कारण दुर्घटना भएको बताउदै एक बर्ष सम्म पनि राहात पाउन नसकेकोमा प्रसासनले पहल नगरेको बताएकी छन ।
जिल्ला प्रशासन कार्यलयले बिबाद मिलाउन दुइ समितिको छलफलमा सहमति नभए पछि राजनीतिक दललाई समेत बोलाएर छलफल गरेको भए पनि कुरा मिल्न सकेको छैन ।
नेपालको कानूनमा पचास लाख भन्दा माथीको दुर्घटना बिमा छैन । जती ठुलो दुर्घटना भएपनि पचास लाखमा सबैलाई उम्काउनु पर्ने वाध्यकारी व्यवस्था छ । त्यस भन्दा माथिको खर्च भने समितिले व्यहोर्नु पर्छ । नरपानी दुर्घटनामा पचास लाख घाइतेहरुलाई उपचार गर्दानै सकिएको छ । यो दुर्घटनाको सवालमा ट्रक चालकको लाइसेन्स नभट्टीएका कारण ट्रकको विमा वापतको पचास लाख आउने संभावना पनि कम छ ।
बस र ट्रकका दुबै समिति गैर जिम्मेवार बनेको र आपसी किचलोका कारण मृतकका परिवारले दुःख पाएका छन ।
पुस्तककी प्रकासक सिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डा. जगन्नाथ तिवारी, नारायण पौडेल, लागयतले मन्तब्य राखेका थिए । कार्यक्रम पुस्कर आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।
0 comments:
Post a Comment