Thursday, April 23, 2015

प्रेमनारायण आचार्य

सन्धिखर्क, अर्घाखाँची । पाँच महिनाअघि भारतमा बेचिएकी एक किशोरीको उद्धार गरिएको छ ।  अर्घाखाँचीको धारापानी-६ घर भएकी १४ वर्षीया किशोरीलाई कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृहले भारतबाट उद्दार गरेर सन्धिखर्क ल्याउन सफल भएको हो ।
गत मंसिर ८ गते गाँउकै ठूलीदिदी पर्नेले मासिक १२ हजार रुपैयाँ तलब हुने जागिर लगाइदिने भन्दै ठाडा-५ का सुनिल नेपाली र उनकी पत्नी अस्मिता नेपालीसँग भारत पठाएकी थिइन् ।
सुनिलले बहिनी भएको बहाना बनाई नेपालगञ्जबाट भारतको हिमाञ्चल प्रदेशमा लगेर बेचेका थिए । घरेलु कामदारका रुपमा प्रयोग गरिएकी उनीमाथि पटक पटक यौन दुब्र्यबहार गर्न खोजेपछि भागेर जोगिएको उनले बताइन् ।
आफन्तले प्रहरी चौकी धारपानी र जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा छोरी खोजीको लागि निवेदन दिए । प्रहरी अनुसन्धनबाट भारतमा लगेको खुलेपछि खोजी गर्ने क्रममा कपिलबस्तुको कृष्ण नगरमा रहेको शान्ति पुनस्थापना गृहमा किशोरीका पुगेका थिए ।
खोजी गर्ने क्रममा उनलाई हिमाञ्चल प्रदेशको किन्नुर जिल्लामा लगेको थाहा भएपछि लगेको थाहा भएपछि त्यहाँबाट फर्काउन सफल भएको केन्द्रका कार्यक्रम संयोजक भुमीराज भट्टराईले बताए ।भट्टराईले भारतबाट सकुसल उद्धार गरिएकी किशोरीलाई उनलाई बेच्नेविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा ल्याएका छन । 
पीडित किशोरीका बुबाले आफ्नी छोरी बेच्नेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने बताएका छन्। र जाहेरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताइएको छ। 

Categories:

0 comments:

Post a Comment