Saturday, April 18, 2015


  १० बर्ष देखि  नक्सा नहुदा जनताले समस्या भोग्दै आएकोमा अर्घाखाँचीमा पुन नापी हुने भएको छ ।
   दुइ बर्ष अघि २०६९ सालबाट जनताको लालपुर्जाको आधारमा नक्सा बनाउन सुरु गरेको बिषेस नापी कार्यलयले अहिले फेरि पिलडमै गएर पुन नापी गर्ने भएको हो । सन्धिखर्कमा आज एक कार्यक्रम गरि जिल्लाको सबै पुन नापी हुने र सन्धिखर्क नगरपालीकामा डिजीटल प्रबिधिबाट नापी हुने बिसेस नापी कार्यलयका प्रमुख मोहमद साबिर हुसैनले बताए ।

अहिले पहिलो चरणमा ८ टोलीले ढिकुरा, धनचौर, चिदीका, सुवर्णखाल, धातीबांग, अर्घातोष,र पटौटी गाविस र सन्धिखर्क नगरापालीकाको वाड न. १ मा पुन नापीको काम सुरु हनुे बिसेस नापी कार्यलयका प्रमुख हुसैनले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेल,स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, महाधीबेसन प्रतिनिधि बिष्णु मुस्कान, एमालेका जनार्दन खनाल, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, राजमोका पशुपति ढकाल, गोपाल पौडेल, मालपोत कार्यलयका कमल प्रसाद पोख्रेल, गाविस सचिब हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष रुकेन्द्र पालुंगे, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, सचिब प्रेम आचार्य,पत्रकार बिरेन्द्र केसी,मुक्तिनाथ भुसाल लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रम गोबिन्द प्रसाद पौडेलको सञ्चालन र उत्तम खड्काको स्वागतमा सम्पन्न भएको हो ।

     २०५९ सालको फागुन  र  २०६१ साल फाल्गुण २१ गते दुइृ पटक सम्म माओवादी आक्रमणमा जिल्ला नापी कार्यालय ध्वस्त भएपछि जिल्लाका सबै घरजग्गा जमिनका नक्साहरु जलेका थिए । नक्सा नहुदा १० बर्ष  यता अर्घाखाँचीमा जग्गा जमिनको कित्ताकाट रोकिएको छ ।
कर्यक्रममा

0 comments:

Post a Comment