Friday, April 17, 2015

भारतमा माओवादीका शीर्ष नेतालाई प्रहरीले पक्राउ गरेको छ । विद्रोही समुह माओवादीका शीर्ष नेता शिवप्रसाद सिंहलाई राँची प्रहरीले प्रक्राउ गरेको राँचीका एसएसपी प्रभात कुमारले पुष्टि गर्नुभएको हो ।

नेता सिंहलाई पिठौरिया थाना क्षेत्रको नकारी जंगलबाट प्रक्राउ गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । उनलाई प्रक्राउ गर्नेलाई भारतीय सरकारले २५ लाख रुपैँया इनामको घोषणा गरेको थियो ।

सन् १९८४ मा सिपिआई पार्टी युनिटिमा संलग्न रहेका उनी सन् २००४ देखि माओवादीमा संलग्न भएको खबरमा उल्लेख छ ।  unn.com.np

0 comments:

Post a Comment