आज अक्षय तृतीया, जौको सातु र सर्वत दान सहित मनाईंदैछ । आजको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।
आजकै दिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।
चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।
अक्षय तृतीयाको दिन काठमाण्डौको पशुपतिनाथ लगायत शिब पार्बतीका मन्दिरमा बिहानै देखि भक्तजनको घुइचो लागेको छ । सन्धिखर्क चुत्राबेसीमा रहको सिद्धेशवर शिबालय भक्तिटोलामा बिहानै देखि भक्तजनको घुइचो बढेको छ । देसमा दिगो शान्तीको कामना गर्दै लघु रुद्री सहितका बिसेस पुजाआजा हुने सिवालय मन्दिर ब्यबस्थापन समितिले बताएको छ । आज स्वामी महाराज लोकानन्द महाराजले प्रबचन दिने पनि कार्यक्रम रहेको छ ।

0 comments:
Post a Comment