Thursday, April 23, 2015


प्रेमनारायण आचार्य
   अर्घाखाँची १० बैसाख  । नेपालमै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरको  महत्व तथा बिसेसतालाइ  समेटेर हेमराज पराजुलीद्धारा लेखिएको पुस्तक सिद्धेश्वर गाथाको प्रकासन भएको छ ।
   सन्धिखर्क तथा चुत्राबेसीको जननीको रुपमा रहेको सिद्धेश्वर शिबालयका बिगतका घटना किम्बदन्ती एबं बर्तमान सन्दर्भ समेत संकलन गरि सिद्धेश्वर गाथा नामक पुस्तकको प्रकासन भएको हो ।
शिबालय मन्दिर भएको स्थानमा पुजाआजा सुरु भए पछि बिस्तारै बजार पनि बस्न थालेको पनि पुस्तकमा समेटिएको छ ।    सन्धिखर्क चुत्राबेसी स्थति सिद्धेश्वर शिबालय मन्दिरमा नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको छ ।सन्धिखर्क र चुत्राबेसीमा  बजार तथा गाँउ बस्नु अघिदेखिनै पुजाआजा गरिदै आएको शिबालयको स्थापना महत्व, तथा अर्घाखाँचीका धार्मिक स्थलको समेत जानकारी पुस्तकमा राखिएको छ ।
   बैदिक धर्म परिसद नेपालका केन्द्रीय सचिब हेमराज पराजुलीद्धारा लिखीत सिद्धेश्वर गाथामा सिद्धेश्वर मन्दिर तथा शिबालयको स्थापना हुनु अघि देखि अहिले शक्तिपीठको अबस्था सम्मको सम्पुर्ण गतिबिधिलाइ समेटिएको छ ।
  दैनीक रुपमा बैदिक बिधिपुर्बक पुजा आजा गरिने यस मन्दिरमा अक्ष तृतीया, शिबरात्री,तीज, सहित साउन महिनाभर बोलबम मेला पनि लाग्ने गर्दछ । सिद्धेशवर गाथा पुस्तकको स्वामीनारायण मुक्तिनाथ धाम नँया गाँउका पिठाधीस लोकानन्द स्वामी महाराजले बिमोचन गर्नु भएको हो ।
    पुस्तकको बारेमा पाणिनि बहुमुखी क्याम्पसका सहायक प्राध्यापक बुद्धिराज भुसालले समीक्षा गर्नु भएको थियो । बिमोचन कार्यक्रम नारायण प्रसाद खनालको अधयक्षता र नेत्रप्रसाद भुसालका ेसञ्चालनमा सम्पन्न भएको हो ।
सिद्धेश्वर गाथा पुस्तक लेख्नु अघि लेखक हेमराज पराजुलीका जीबनमार्ग र दिब्य तिलोत्तमा शक्तिपीठ नामक कृतिहरु प्रकासनमा आएका छन ।

0 comments:

Post a Comment