बिनासकारी भूकम्पका कारण ज्यान गुमाउनेको
संख्या तीन हजार २ सय भन्दै धेरै रहेको पुष्टि भएको छ । सरकारले दिएको
पछिल्लो जानकारी अनुसार देशभर ज्यान गुमाउनेको संख्या तीन हजार २ सय भन्दा
धेरै पुगेको हो ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र
भक्तपुर तथा उपत्यका बाहिरका जिल्लामा गरी अहिलेसम्म तीन हजार दुई सय १८
जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मिप्रसाद
ढकालले जानकारी दिनुभयो ।
यस्तै भूकम्प प्रभावित देशभरका विभिन्न
ठाउँमा गरी अहिले ६ हजार ५ सय ३० भन्दा धेरै घाइते भएको गृहका प्रवक्ता
ढकालले जानकारी दिनुभयो ।
शनिबार र आइतबार गएको ठूलो भूकम्प तथा
त्यसपछि आएका भूकम्पको धक्काका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति
भएको छ । भूकम्प प्रभावित सबै क्षेत्रमा उद्धार तथा राहातको कामलाई तीव्रता
दिएको सरकारले जनाएको छ ।
0 comments:
Post a Comment