अर्घाखाँचीको सन्धिखर्कमा गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता हुने भएको छ ।
सन्धिखर्कको चुत्राबेसीमा रहेको युबाहरुको समुह अर्घाखाँची युबा
परिसदको आज बसेको बैठकले बैसाख १८ गते देखि भसलबल प्रतीयोगीता सञ्चालन
गर्ने निर्णय गरेको हो ।
भलिबल खेल सञ्चालनकालागि परिसदका आजीबन सदस्य तथा सन्धिखर्कका नरेस
रायमाझिले कम्तीमा ५ बर्षकोलागि प्रत्येक बर्ष एक लाखका दरले आर्थिक सहयोग
उपलब्ध गराउने पनि घोषणा गरेको परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए ।
रायमाझिले क्लबले सञ्चालन गर्ने अधिकांस कार्यक्रममा सहयोग गरेको र
सहयोगको निरन्तरता प्रदान गरेको भन्दै बैठकमा धन्यबाद ज्ञापन पनि गरिएको छ
।
काम गर्दा छिटो र छरितो गर्नकालागि अध्यक्ष कृष्ण प्रसाद भुसालको
अध्यक्षतामा सात सदस्यीय सचिबालयको पनि गठन गरेको छ । जसको सदस्यहरुमा
धर्मराज भुसाल, रुद्र श्रेष्ठ, ज्ञानेन्द्र घिमिरे र कृष्ण खनाल रहेका छन
।
आजको बैठकले बिभिन्न उपसमितिहरु प्नि निर्माण गरेको छ । प्रकास
भुसालको संयोजकत्वमा ब्यबस्थापन तथा निति निर्माण उप समिति, बाबुराम
श्रेष्ठको संयोजकतवमा सामाजीक सेवा समिति, प्रेमनारायण आचार्यको
संयोजकत्वमा सञ्चार तथा प्रचारप्रसार उपसमिति, सहयोगी बिसीको संयोजकत्वमा
सास्कृतिक उपसमिति, राजकुमार श्रेष्ठको संयोजकत्वमा धार्मिक बिभाग उपसमिति र
ज्ञानेन्द्र घिमिरेको संयोजकत्वमा खेलकुद उपसमितिको गठन गरेको छ ।
क्लबलाइ आर्थिक तथा अन्य सहयोग गर्ने कल्बका आजीबन सदस्य नरेस
रायमाझिलाइ सल्लाहकारमा पनि मनोनीत गरेको छ । साथै बैठकले बार्षिक पात्रो
प्रकासन गर्ने, सन्धिखर्क बजारमा प्रबेसद्धार निर्माण गर्ने पनि निर्णय
गरेको पसिदका सदस्य प्रकास भुसालले बताउनु भयो ।
बैठक परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, र महासचिब धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
0 comments:
Post a Comment