भूकम्पको त्रास अब बिस्तारै कम हुँदै
गएकाले सामान्य जनजीवनमा फर्किन विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार
ठूलो भूकम्पपछि आउने धक्काहरुको क्रम रोकिँदै गएकाले अब सचेतता सहित
सामान्य जनजीवन तर्फ फर्किन सकिन्छ ।
आइतबार र सोमबार गएको भूकम्प र त्यसपछिका
साना धक्काहरु आउने क्रम रोकिँदै गएकाले आफ्नो घरको अवस्था मुल्यांकन गरी
सचेतता सहित घर फर्किन सकिने भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेटका भूकम्प
सम्बन्धी जानकार खड्गसेन ओलीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘केही समय भूकम्पका
बारेमा सेचत तथा जानकार रहनु त पर्छ तर अब ठूलो भूकम्प आउने सम्भावना भने
कम छ ।’ अहिलेसम्म खुला ठाउँमा बसेका मानिसहरु आफ्नो घरको अवस्था हेरेर घर
मै फर्किन विज्ञको सुझाव छ ।
भूकम्पका कारण चर्किएका, भत्किएका वा अन्य
भौतिक क्षति पुगेका घरहरुमा भने प्राविधिकलाई देखाएर सुझाव अनुसार मर्मत
सम्भार गरेर घर फर्किन सकिने विज्ञले बताएका छन् ।
0 comments:
Post a Comment