Saturday, April 18, 2015

दाङमा नदीमा डुबेर तीन जनाको ज्यान गएको छ । शनिबार दाङको बबई नदीमा डुबेर दुई जनाको तथा राप्ती नदीमा डुबेर अर्का एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर रुकुम खलंगाका मञ्जित गौतम र सल्यानको भलाचौरका भरत चन्दको ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ । यसैगरी राप्ती नदीमा नुहाउन गएको समयमा शुक्रबार बेपत्ता भएका बालकको शनिबार दिउँसो शव फेला परेको छ ।
लालमटिया—४ का १२ वर्षका कमल पौडेलको राप्ती नदीमा डुबेर ज्यान गएको हो । साथीहरुसँग नदीमा नुहाउने क्रममा बेपत्ता भएका कमलको शव शनिबार फेला परेको हो ।
Categories:

0 comments:

Post a Comment